कैलाली- धनगढीमा जारी कैलाली यू-१६ अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा आज ३ खेल भएका छन्। पहिलो खेलमा स्टेपिङ स्टोनले कैलाली विद्या निकेतनलाई ८ विकेटले पराजित गर्यो। ३ विकेट हात पारेका स्टेपिङका छेनोन धामी प्लेयर अफ द म्याच चुनिए।
दोस्रो खेलमा धनगढी नमूना स्कुललाई लिटिल फ्लावर स्कुलले ५० रनले हरायो। ५ विकेट लिएका लिटिल फ्लावरका सुवोध तिवारी म्यान अफ द म्याच भएका स्कोरर नुरेन अन्सारीले जानकारी दिए। अन्तिम खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीले शैलेश्वरी स्कुललाई ९ विकेटले पराजित गर्यो।
३ विकेट लिएका सन्देश पौडेल उत्कृष्ट खेलाडी भए।कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गते शुरू भएको प्रतियोगिता जेठ १२ गतेसम्म हुनेछ। प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले व्यक्त गरे।














