• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

संसदमा प्रधानमन्त्री चौथो पटक पास दल फेरिए, फेरिएन मत

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो कार्यकालमा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् ।संसदमा उपस्थित १५८ जना सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य मत परेको छ । तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराएका थिए ।प्रधानमन्त्री भएको १७ महिनामा प्रचण्डले चौथोपटक विश्वासको मत लिएका हुन् । समीकरण फेरिएको तीन महिना नपुग्दै सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भएपछि प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो ।जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षमा रहेको जनमत पार्टीले साथ दिँदा विश्वासको मत यथास्थितिमा राख्न प्रधानमन्त्री सफल भएका छन् । तर सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ भने बैठकमा अनुपस्थित भए ।

तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु प¥यो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध जारी राखेको बिच प्रधानमन्त्रीले पेलेरै विश्वासको मत लिएका हुन् । समाभुख घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावको समर्थनमा एमालेका सांसद विष्णुप्रसाद पौडेललाई मात्र बोल्न दिएका थिए । विपक्षी कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल लगायत दलहरू बहिस्कार गरे ।

यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदा १५७ मत पाएका थिए । त्यस यता सरकारबाट जसपा नेपाल बाहिरिए पनि प्रचण्डलाई विश्वासको मतमा भने खासै फरक परेन । जसपा बाहिरिए पनि जसपाबाट विभाजित भएर बनेको जसपा नेपाल र यसअघि विपक्षी गठबन्धनमा रहेको जनमत पार्टीले साथ दिँदा प्रचण्डको पक्षमा मत घट्न नपाएको हो ।

२०७९ पुस १० गते एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पहिलो पटक उनले २०७९ पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित सङ्ख्याको ९९।२५ प्रतिशत मत पाएका थिए ।

त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनपूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४।१८ प्रतिशत मत पाए ।

दोस्रोपटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।रातोपाटी

  • फेरिएन मत
  • संसदमा प्रधानमन्त्री चौथो पटक पास ःदल फेरिए
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज

समाचार

सबै

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.