टंक कुँवर
धनगढी । धनगढी उपमहानगरपालिका–७ देबहरिया स्थित जाखोर तालमा आन्तरिक पर्यटक बढन थालेका छन् ।
बिदाको दिन करिब ६०० सय आन्तरिक पर्यटक तालमा भिजिट गर्न आउन थालेको देबहरिया बनस्पति उद्यानका प्रमुख गंगादत्त भट्टले निशाना न्युजलाई जानकारी दिए ।
उनले १० बर्ष माथीकोलाई २०, मुनिकोलाई १० रुपैयाँ टिकट निर्धारण गरेको उनले बताए ।त्यस्तै बिद्यार्थीका लागी १०, जेष्ठ नागरिकका लागी ५ रुपैयाँ टिकट रहेको उनले बताए ।
बिदाको दिन बाहेक दैनिक ३ सय आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ ।महिनामा पर्यटकको टिकट मार्फत एभरेजमा ३ लाख राजश्व उठ्ने गरेको भट्टले बताए ।
हामीले व्यवस्थित गर्न सकेका छैनौ, उनले–भने उद्यान भन्दा बाहिर टिकट बाहेक मन्दिर परिसरमा बढी पर्यटक भित्रिने गरेका छन् ।व्यवस्थित भएको भए राजश्व बढी संकलन हुने थियो उनले भने जस्का कारण टिकट बाहेकका ब्यतmी अन्तै जमघट हुने गरेका छन् ।
जेष्ठ १ गते मात्र टिकटबाट ७० हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।बैशाख महिनामा मात्र दुई लाख ९२ हजार राजश्व संकलन भएको उनले निशाना न्युजलाई जानकारी दिए ।













