धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले अबैध भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी १ एलएनचोक, र ७ मनेहरा पेट्रोल पम्प नजिक संगै गोदावरी ४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१०,१३,२००।– बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान(१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई बरामद गरेको हो ।
त्यस्तै कञ्चनपुर को पुनर्वास ४ कारकिल डाडा र ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।१,४८,७५६।– बराबरको प्याज, चुरोट, सुर्ती, प्लाष्टिक जाली, बुफर र साउण्ड लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरिएको जनाएको छ ।













