कैलाली । प्रहरीले अबैध लागु औषध सहित मानिस प्रकाउ गरेको छ । कैलाली, गोदावरी २ लोटस गल्लीबाट बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर ५ गुलरिया बस्ने बर्ष ३५ को राजेश सुनारलाई २ ग्राम ९२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरीले नियन्त्रणमा लिई प्रकाउ गरेको हो ।
कैलाली, धनगढी ४ बसपार्कबाट शंका लागि चेकजाँच गर्दा जिल्ला अछाम, साँफेबगर ६ बस्ने बर्ष २४ को शंकर कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान(१ सहित प्रहरीले नियन्त्रणमा लिई, थप अनुसन्धान भईरहेको जनाएको छ ।
कञ्चनपुर, शुक्लाफाटा ५ बनसमिती स्थित होटलबाट शंका लागि खान तलासी गर्दा ९ सिसैया बस्ने बर्ष २७ को शैलेन्द्र बहादुर सिह र भिमदत्त १ घर भएका होटल संचालक राजेन्द्र पाण्डेलाई ४।५५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, छ । त्यस्तै भिमदत्त ९ मटेनाबाट शंका लागि चेकजाँच गर्दा बेदकोट ८ गैलनदी बस्ने बर्ष २१ को प्रकाश टेरलाई ४।०७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
लागु औषध सहित मानिस प्रकाउ
लागु औषध सहित मानिस प्रकाउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













