धनगढी । कैलालीमा अबैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मसुरिया, कैलाली र सब(डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले कैलालीको गौरीगंगा ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा सालको गोलिया थान ५ ९५३।६८ क्युफिट अबैध काठ बरामद गरेको हो । सो काठ सब डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको जनाएको छ ।













