धनगढी- नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ ।
आज प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा स्थापना दिवस मनाएको हो ।
प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिहान राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेको नेपाल पत्रकार महासंघका कैलालीका अध्यक्ष हिमाल जोशीले निशाना न्युजलाई जानकारी दिए ।
त्यस्तै प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा शुभकामना आदान प्रदानको कार्यक्रम गरिएको उनले बताए । शुभकामना आदान प्रदान युनियनका बरिष्ट उपाध्यक्ष प्रेम केसीले शुभकामना मन्तब्य व्यक्त गरेको उनले बताए ।
कार्यक्रममा ५० बढी पत्रकारको उपस्थिति रहेको उनले बताए ।













