धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका अबैध सामान बरामद गरेको छ ।
धनगढी १ पार्कमोड, २ ट्राफिक चौराह, टीकापुर ९ बालुवाटार र भजनी ३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु ५३,२५०– बराबरको
प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी
नियन्त्रणमा लिई बरामद गरेको हो ।
त्यस्तै बेलौरी १ फटैया पिपल चौतारा, ६ भुराकोट र ७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु १,५०,८१५– बराबरको बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लाष्टिक झिल्ली, मोटरसाईकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
अबैध भन्सार छलिका सामान बरामद
अबैध भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













