कैलाली । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ । कैलाली,कञ्चनपुर,डडेल्धुरा र दार्चुलाका बिभिन्न क्षेत्रबाट सो सामान प्रहरीले बरामद गरेको हो ।
धनगढी २ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक ७ मनेहरा पेट्रोल पम्प नजिक १० सिमल घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु १ लाख ७ हजार ६ सय मूल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
कञ्चनपुरको भिमदत्त ११ चौकीसत्ता, पुनर्वास ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु १ लाख १२ हजार ८ सय ३० बराबरको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । डडेल्धुरा, पर्शुराम ५ परिगाउ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु ५७ हजार ४ सय ५४ बराबरको चिनी, बिडी, पेय पदार्थ, त्ख्क् नबचष्लिन, चक्लेट, चप्पल लगायतका सामानहरु प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै दार्चुला, महाकाली ४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु १ लाख ३ हजार ७५ बराबरको चिनी, मैदा, आटा, चामल, पशु आहार लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी गोदाम संचालक व्यास ६ बस्ने तोयराज भट्ट सहित नियन्त्रणमा लिई भन्सार कार्यालय दार्चुलामा बुझाएको प्रहरीले जनाएको छ ।













