• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’

  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

महेन्द्रनगर- मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन्भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो ।

दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहेकी छिन् । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ ।

विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनाँै शव चिरफार गरिसकेको बताइन् । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उनले भनिन्, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन ।”

उनले चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आएकी छिन् । प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ । “हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ,” उनले भनिन्, “बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु ।”

विसं २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्छन् । “शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन”, उनले भने “सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन । ”

केही समयअघि नगरपालिकाले उनलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिन्छन् । “पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो”, उनले भने, “सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो ।” जागिर सुरु गर्दा दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उनको हालको तलब १९ हजार छ ।

लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उनको भनाइ छ । शवपरीक्षणपछि प्रतिशवको रु पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उनको दुखेसो छ । उनले शवपरीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रुपमा आफूले लिने गरेको बताइन् । “जन्मपछिको मृत्यु सत्य हो”, उनले भने, “मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो ।”

दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रुपमा गर्ने गरेको बताए । “कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उहाँ सक्रिय हुनुहुन्छ”, डा साहले भने, “महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे ।” उनले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रुपले खटिने गरेको बताए । रासस

  • ‘कौशिला’
सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.