धनगढी ।कैलाली र डडेल्धुरा जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले अबैध भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको धनगढी २ ट्राफिक चौराहा, ८ धनगढीगाँउ, १२ कम्पनि टोल र बिरेघाट, र भजनी ३ ठेकी पुल नजीकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु ८२,४५०।–बराबरको चिनी, खाने तेल, बिस्कुट, सुर्ती, पेय पदार्थ, बिडी, सुपारी, साबुन, सरप, खुर्सानी,
नरिवल, चक्लेट, पानीपुरी, पास्ता, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै डडेल्धुरा, पर्शुराम
९ कुयापानीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु २२,९००।–बराबरको बिडी, सुर्ती, स्याम्पु, जिरा,मिक्चर, पास्ता, छाता लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट गाईबाँधे, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













