धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले अबैध भन्सार छलीका सामान बरामद गरेको छ ।
धनगढी ७ मनेहरा, टिकापुर ६ बेलुवा भित्रि सडक खण्ड, भजनी ३ कनैयापुर ८ खैराबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब १,९९,६००।–बराबरको चिनि, बिडी, सुर्ती, सलाई, ट्याक्टरका बिभिन्न पाटपुर्जा, बोईलर कुखुरा, मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै कञ्चनपुरको भिमदत्त १० बिद्युत कार्यालय नजिक र कृष्णपुर ३ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु २,६५,७४०।– बराबरको चिनि, चामल, खाने तेल, दाल, मटर,पङ्खा ,जिरा, धनिया, किरानाको सामान, पानि तान्ने मोटर, खानेपानीको पाईपमा प्रयोग हुने
ऐल्बो सकेट, ताल्चा, मोटरसाइकल थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













