• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

नेपाल बंगलादेशसँग २१ रनले पराजित

  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९।३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपाली बलरले खेलको प्रारम्भदेखि नै बंगलादेशी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बंगलादेले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । सोमपाल कामीले बंगलादेशका ओपनर ब्याट्सम्यान तानजिद हसनलाई खाता खोल्नुअघि नै पेभेलियन फmर्काएका थिए । सोमपालले आफ्नो बलमा आफैले तानजिदको क्याच लिएका थिए ।

बंगलादेशको दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोलाई चार रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १।३ ओभरमा कप्तान सान्तो आउट हुँदा बंगलादेशले केवल सात रन बनाएको थियो ।

यसैगरी बंगलादेशले आफ्नो तेस्रो विकेटका रुपमा ओपनर लिटन दासलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान लिटन दासको विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लिटन दासलाई १० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । ४।३ ओभरमा लिटन दास आउट हुँदा बंगलादेशले २१ रन बनाएको थियो ।

बंगलादेशको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई नौ रनको ब्यक्तिगत स्कोरमा सन्दीप लामिछानेद्वारा क्याच गराए । ५।४ ओभरमा हृदोय आउट हुँदा बंगलादेशले ३० रन बनाएको थियो ।

बंगलादेशले पाँचौँ विकेटका रुपमा महमुदुल्लाहलाई गुमाएको थियो । उनी १३ रन बनाउँदै रन आउट भएका थिए । नवौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा बंगलादेशले ५२ रन बनाएको थियो । उनलाई रन आउट गराउन सन्दीप लामिछाने र गुलसान झाको योगदान रह्यो ।

यसैगरी बंगलादेशले छैटौँ विकेटका रुपमा अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई गुमाएको थियो । उनको विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले सकिब अल हसनलाई १७ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ११।४ ओभरमा सकिब आउट हुँदा बंगलादेशले ६१ रन बनाएको थियो ।

बंगलादेशको सातौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । उनले बंगलादेशका तानजिम हसन सकिबलाई तीन रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । बंगलादेशले १३।२ ओभरमा सातौँ विकेट गुमाउँदा ६९ रन बनाएको थियो ।

बंगलादेशको आठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । उनले बंगलादेशका जाकेर अलीलाई १२ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १५।३ ओभरमा आठौँ विकेट गुमाउँदा बंगलादेशले ७५ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिएको यो एक सयौँ विकेट थियो ।

यसैगरी बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले बंगलादेशका ब्याट्सम्यान रिसाद होसैलाई १३ रनको ब्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । १७।१ ओभरमा नवौँ विकेट गुमाउँदा बंगलादेशले ८८ रन बनाएको थियो ।

बंगलादेशले अन्तिम विकेटका रुपमा मुस्तफिजुर रहमानलाई तीन रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रन आउट भएका थिए । उनलाई रन आउट गराउन रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको योगदान रह्यो । तास्किन अहमद भने १२ रनमा अविजित रहे । बंगलादेशले अतिरिक्त रुपमा १० रन पायो ।रातोपाटीबाट

 

 

  • नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.