दार्चुला– दार्चुलामा एक किशोर बेपत्ता भएका छन्। यहि भदौ ६ गते मार्मा गाउँपालिका–६ सेरीका १५ वर्षीय निराजन महारा बेपत्ता भएका हुन्।
विद्यालयका जान्छु भन्दै घरबाट हिँडेका उनको अवस्था अझै अज्ञात रहेको बुवा मानबहादुरले बताएका छन्। उनले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । फेला पार्ने जोसुकैले फोन नम्बर ९७४९९६१९४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।














