• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक

  •   शनिबार, असार ०९, २०८१ मा प्रकाशित

धनगढी- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधा मध्ये सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को सुदुरपश्चिम आईकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारिरीक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

सुदुरपश्चिम आईकन तर्फ मनोनयनमा परेका आशिष महरले १४ औं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा जुनियर तर्फ सानदार प्रदर्शनका साथ छात्र ट्रिपल जम्पमा १४।१९ मिटर जम्प गर्दै ३६ वर्ष अघि २०४४ सालको कीर्तिमान भंग गरेका थिए । उनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमका लागि ट्रिपल जम्पमा स्वर्ण पदक जितेका थिए । यस्तै शारिरीक सुगठनका रञ्जित लामाले ‘५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा नेपाललाई कास्य पदक जिताएका थिए ।

एसियाली स्तरमा शारिरीक सुगठनमा पदक जिताउने उनी पहिलो सुदुरपश्चिमका खेलाडी हुन् । क्रिकेटका नरेन भट्टले एसीसी यू–१६ ईस्ट जोन कपको उपाधि जिताउँदा सानदार प्रदर्शन गरेका थिए । उपाधिमाथि ह्याट्रिक गराउन फाईनलमा ११२ रनको शतकीय पारी खेलेका उनी फाईनल खेलमा म्यान अफ द म्याच बनेका थिए । प्रधानमन्त्री कपमा शतक र अर्धशतक प्रहार गर्दै सानदार प्रदर्शन गरेका थिए ।

सुदुरपश्चिम महिला आईकन तर्फ मनोनयनमा परेकी क्रिकेटकी मनिषा बोहोराले सुदुरपश्चिम प्रदेशलाई सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । उनले सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाईनलमा ४१ रनको पारी खेल्दै फाईनलको प्लेयर अफ द म्याच समेत भएकी थिईन । फुटबलकी विर्सना चौधरीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिम उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन । उनी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर बनेकी थिईन् ।

एथलेटिक्सकी देवकीकुमारी धामीले १४ औँ राष्ट्रपति रनिङ शिल्डमा छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् । ३ हजार मिटरको निर्धारित दूरी १० मिनेट ५२।८२ सेकेन्डमा दौड पूरा गर्दै उनले २०७५ सालमा राममाया बूढाले स्थापित गरेको १० मिनेट ५७।२ सेकेन्डको कीर्तिमान तोडेकी थिईन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सुदुरपश्चिमका लागि १५०० मिटर दौडमा उनले स्वर्ण पदक जितेकी थिईन् । अवार्डमा दिईने आठ विधामध्ये ६ विधाको मनोनयन सार्वजनिक गरिदैं आएकोमा अब थप चार विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाईफटाईम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

  • स्पोर्टस
शनिबार, असार ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.