• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

डुबान समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्छु : मन्त्री विक

  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका शिक्षा,युवा तथा खेलकुद मन्त्री लक्ष्मी विकले बाढीबाट हुने डुबानको समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्ने बताएकी छन् । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘यस क्षेत्रमा पहिलेदेखि नै डुबानको समस्या रहँदै आएको छ । यसमा दीर्घकालिन योजना बनाएर अगाडि बढ्दा समस्या समाधान हुने हो । यसका लागि मैलै प्रदेश सरकारबाट गर्न सक्ने पहल गर्नेछु ।’ बाढीपीडितलाई क्षतिको आधारमा सहयोग गर्ने उनले बताइन् । उनले भनिन् ‘सरकार यस बिषयमा गभ्भीर छ । प्रत्येक जिल्लाबाट क्षतिको विरिण मागेका छौँ । कहाँ कति क्षति भएको छ । तथ्यांक आएपछि सरकारले के गर्न सक्छ । सक्दो सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

सो क्षेत्रमा पर्ने केही दिन अगाडिको वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पसेर सयौँ घरहरु डुवानमा परेका छन् । डुबानमा परेपछि अन्नपात लगायतका सामानहरु भिजेर काम नलाग्ने भएको स्थानीयले बताएका छन् । सोही क्रममा मन्त्री विकले केही दिन अगाडि बाढीमा डुबेर मृत्यु भएका सोही वडाको नयाँकटानका सिर्जना बोगटी,लक्ष्मी बोगटी र आरती बोगटीका परिवारसँग भेटघाट गरेकी छन् । उनले भेटघाटको क्रममा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । मन्त्री विकले मृतकका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाख दिने गरि मन्त्रीपरिषद्बाट नीति गत निर्णय भएको बताइन् ।

मृतकका आफन्तले तीनै जनाका नाममा ट्रस,प्रतिक्षालय बनाउन पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए । मन्त्री विकले त्यस विषयमा आफूले मन्त्रीपरिषद् बैठकमा कुरा उठाउनुका साथै पहल गर्ने बताइन् ।

अनुगमनका क्रममा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले बाढी डुवान बर्सेनीको समस्या भएको बताउँदै यसको स्थायी समाधान गर्न आवश्यक भएको प्रतिक्रिया दिए । उनले भने ‘बाढी डुवान यहाँको पुरानो समस्याको यसको समधानका लागि हाम्रो पार्टीको तर्फबाट पनि पहल गर्छौँ ।’ समस्या समाधानका लागि आफूले सक्दो पहलकमदी लिने उनको भनाइ थियो ।

त्यस्तै मन्त्री विकले बाढीबाट प्रभावित बेलडाँडी गाउँपालिका–५ इमलिया क्षेत्रको पनि अनुगमन गरकी छन् । सो क्षेत्रमा प्रभावित भएका घर परिवारलाई भेटघाट गरेकी छन् । बाढीपीडितका सहयोगको लागि आफूले गर्ने पहलकदमीमा कुनै कमी नरहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

सो ठाउँमा चौधर नदीको बाढीले सयौँ परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । वडा नं. ५ का वडाध्यक्ष ईन्द्रबहादुर खड्काले चौधर नदीको बाढी गाउँमा पस्दा ६० परिवार अझै विस्थापित रहेको बताए । उनले भने ‘यहाँ सयौँ परिवार प्रभावित भएका छन् । ६० परिवार त विस्थापित नै भएका छन् । हामीले उहाँहरुलाई एउटा निजी विद्यालयमा राखेका छौँ । निड्स नेपालको सहयोगमा खानाको व्यवस्था गरेका छौँ ।’

गाउँमा बाढी पसेपछि धेरैले घर भित्रका सामान निकाल्न नपाउँदा सबै सामान बाढीले बगाएर लगेको स्थानीय डम्बरबहादुर शाहले बताए । उनले भने ‘एक्कासी आएको बाढीले यो क्षेत्र एकदमै प्रभावित भएको छ । धेरैका सबै घरभित्रका सामान बगाएका छन् । खाने बस्ने टुंगो छैन् । बाढीले यहाँ धेरैको विचल्ली बनाएको छ । यसमा सरकार गम्भीर हुन आवश्यक छ ।’ शाहले गुनासो गरे ।

क्षतिग्रत विद्यलयको अनुगमन

बाढीले क्षतिग्रस्त भएको बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयको पनि मन्त्री विकले अनुगमन गरेकी छन् । सो विद्यालयमा पसेको बाढी विद्यालयमा रहेका सबै कार्यालयका कागजात,पुस्तकालय,आइसीटीका सामान भिजेर काम नलाग्ने भएको प्रधानाध्यापक जनकबहादुर थापाले बताए । उनले भने ‘विद्यालयको भौतिक संरचनामा पनि क्षति भएको छ । कागजपत्र त काम नलाग्ने भएका छन् । पर्खाल,मन्दिर सबै बगाएर लगेको छ । करिब डेढ करोडसम्मको क्षति भएको छ ।’ मन्त्री विकले विद्यलायको सहयोगका लागि पहल गरिने प्रतिवद्धता जनाएकी छिन् । उनले भनिन् ‘यहाँ धेरै क्षति भएको रहेछ । सबै आफैले प्रत्यक्ष हेरियो । म यसको सहयोगका लागि तयार छु ।’

 

  • मन्त्री विक
बिहिबार, असार २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.