धनगढी । कैलाली जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जिल्ला पूर्ण खोप समन्वय समिति कैलालीद्धारा आइतबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमबिक्रम भाट सरलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गर्न महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहेको बताए ।
जिल्ला समन्वय समितिका संयोजक खगराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशिसतोष श्रेष्ठले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए ।














