नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्। किरण बुधबार आफ्नी प्रेमीका कञ्चन निरौलासँग विवाह बन्धनमा बाँधिएका हुन्। करिब डेढ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरु बुधबार मात्र विवाह बन्धनमा बाँधिएका हुन्। किरणकी प्रेमीका विमान परिचारिका हुन्।
मालदिभ्सको माजिया स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरबाट धिवेही प्रिमियर लिग जितेको खुसीयाली मनाउने क्रममा किरणले प्रेमिका कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। किरणले सामाजिक संजालमार्फत विवाहको प्रस्ताव राखेको भिडियो सार्वजनिक गरेका थिए।













