धनगढी- कैलालीको धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा थप दुई जनामा हैजा देखिएको हो ।
हैजा देखिनेमा ६ र ८ वर्षका बालक रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । यसअघि सोही टोलका २३ र २६ वर्षीय महिलामा हैजा देखिएको थियो । चारै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किका उनले बताए ।













