धनगढी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् । पार्टीको यही भदौ २१ गते हुने सुदूरपश्चिम प्रदेश समिति बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड धनगढी आउन लागेका हुन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङलगायत नेताहरू पनि धनगढी आउने भएका पार्टीका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।














