धनगढी- कैलालीको मोहना नदीमा डुबेर एक बालकसहित २ जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा गरि नदीमा डुबेर दुई जना बेपता भएका हुन् । उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सोही ठाउँका मोहन रानाका १० वर्षिय छोरा प्रिन्स राना मोहना नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यस्तै धनगढी उपमहानगरपालिका– १९ खेदा गाउँ बस्ने २७ वर्षीय माने भनिने रिस मान चौधरी बेपता भएका हुन् । नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक जोशीले बताए । उनका अनुसार दुबै जनाको खोजी कार्य भइरहेकोे छ ।













