• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित

भजनी- कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका लागि नेपालगञ्ज, धनगढीलगायत जानुपर्ने बाध्यता कम हुँदै गएको हो ।

टीकापुरका खुशीराम चौधरीले विगतमा जस्तो सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको बताउँछन् । “पहिला उपचारका लागि जाँदा राम्रोसँग उपचार हुन्थेन । अस्पतालको फार्मेसीमा औषधि पाउने कुरा त धेरै परको कुरा थियो”, उनी भन्छन्, “अहिले उपचार पनि छ । फार्मेसीमा औषधि पनि । नागरिकहरुलाई ठूलो राहत भएको छ ।”

बर्दिया गेरुवा गाउँपालिकाका जङ्गबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आए । उनले बाहिर गएर पाउने सेवा टीकापुरमा पाउँदा यातायातमा लाग्ने ठूलो रकम बचत भएको बताए । अस्पतालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनसहित उपचारमा सहजता हुँदा दैनिक बर्दियाबाट उपचारका लागि आउनेको स¬ङ्ख्या बढेको बताए । “पहिले छिमेकीहरुमा उपचारका लागि नेपालगञ्ज जाने कुरा चल्थ्यो भने आजकाल टीकापुर जाने कुरा चलेको बढी सुनिन्छ”, उनी भन्छन्, “म आफैँ पनि नेपालगञ्ज जाने गर्थे, आजभोलि सामान्य समस्या आयो भने पनि टीकापुर पुग्छौँ ।”

क्षमता भएको व्यक्ति नेतृत्वमा हुँदा काम गर्न समस्या छैन भन्ने कुराको उदाहरण यतिबेला टीकापुर अस्पताल बनेको छ । डेढ वर्ष पहिले अस्पतालमा दुई तीन जना विशेषज्ञले सेवा दिँदै आएको देख्न पाइन्थ्यो । त्यतिमात्र होइन सामान्य बिरामी भएर अस्पताल पुग्दा चिकित्सक भन्दा अगाडि एम्बुलेन्स पुग्ने टीकापुर अस्पतालमा यतिबेला अधिकांश समस्याको उपचार सम्भव भएको छ । अस्पतालले अहिले १० प्रकारको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालसँग १७ जना विशेषज्ञ चिकित्सक छन् ।

अस्पतालमा दुई जना बालरोग विशेषज्ञ, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तीनजना, एम डी।जि। पि। एक जना, जनरल सर्जरी दुई जना, ऐनेस्थेसिया दुई जना,फिजिसियन दुई जना, नाक, कान, घाँटीको एक जना विशेषज्ञ चिकित्सकले अस्पतालमा सेवा दिँदै आएका छन् । त्यसैगरी हाडजोर्नीको तीन जना, रेडियोलोजिष्ट एक जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताएका छन् ।

उनका अनुसार अस्पतालमा आठ जना मेडिकल अधिकृत र दुईजना डेन्टल सर्जनले काम गरिरहेको छ । त्यसमध्ये एक जना बालरोग विशेषज्ञ र एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ टीकापुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

चिकित्सकहरुको व्यवस्थापनसँगै संरचनागत रुपमा पनि अस्पताल बलियो बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कोइकाको अस्पतालमा ठूलो सहयोग रहेको अध्यक्ष सोडारीको भनाइ छ । “अस्पतालमा सघन उपचार कक्ष साथै भेन्टिलेटर पनि प्रयोगमा ल्याएका छौँ । उपचारका लागि चिकित्सकको व्यवस्थापनसँगै आवश्यक उपकरणको पनि व्यवस्था गर्न सफल भएका छौँ ।“ अध्यक्ष सोडारीले भने, “अब अस्पतालमा सिटिस्क्यान सेवा जोड्न बाँकी छ । त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।”

अस्पतालको आकस्मिक कक्षमा सेवाग्राहीलाई लक्षित गर्दै एसी जडान गरिएको छ । अस्पतालको ओपिडी सेवा ८ बजेदेखि सञ्चालन हुँदै आएको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर शनिबार पनि ओपिडी सञ्चालन अस्पतालले गर्दै आएको छ । “अस्पतालले विकासको एउटा चरण पार गरेको छ । अब भएको जनशक्तिलाई व्यवस्थापन गरेर स्वस्थ्य सेवा दिनसक्यो भने अस्पताल सफल भएको मान्न सकिनेछ”, अध्यक्ष सोडारी भन्छन्, “अब सिटिस्क्यान र छाला रोग विशेषज्ञ सेवाका लागि अस्पतालले समन्वय गर्दै आएको छ ।”

चिकित्सकलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनसके जनशक्तिको समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई बताउँछन् । उनले छोटो समयमा अस्पताल व्यवस्थापन समितिको इच्छाशक्तिले स्वस्थ्य क्षेत्रमा अस्पतालले ठूलो सफलता हासिल गरेको बताए ।

टीकापुरलगायत आसपासमा छिमेकी पालिका र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका र कर्णाली प्रदेशको सुर्खेतबाट पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय छिमेकी पालिकाले सहयोग गर्नसके अझै अस्पतालको स्तर वृद्धिमा सहज हुने अस्पताल प्रशासनको भनाइ छ । रासस

शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.