• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै

  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।

बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने झन्झट हटेर गएको छ । नगरपालिकाले गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर रुपमा स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ ।

विसं २०७७ देखि पिपलाडी, झलारी र पिताम्बर गरी तीन स्वास्थ्य चौकीहरुबाट अल्ट्रासाउन्ड सेवा प्रदान गरिँदै आएकामा हाल सेवा विस्तार गरी आठ स्वास्थ्य संस्थामा पुर्याइएको छ । “पहिलो वर्ष तीनवटा स्वास्थ्य चौकीमा सेवा सुरु गर्यौँ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “त्यसपछि आधारभूत स्वास्थ्य केन्द्र वनसमिति, सहरी स्वास्थ्य केन्द्र बेलडाँडीमा सेवा विस्तार गर्यौँ, यस वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्र कालागौडी, सहरी स्वास्थ्य केन्द्र बन्साह र आधारभूत स्वास्थ्य केद्र दीपनगरमा सेवा विस्तार गरेका छौँ ।”

उनका अनुसार सेवा सञ्चालनका लागि तीन नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिमसँगै पुनःताजगी तालिम दिई दक्ष बनाइएको छ । प्रत्येक महिनाको १२ देखि १९ गतेसम्म स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रसम्म पुर्याएर मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख भट्टको भनाइ रहेको छ ।

“गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ”, उनले भने, “जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगउन सकिन्छ, विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो, अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएको छ ।”

अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ त्यो हेर्न सकिने सिअनमी प्रतिमा न्यौपानेले बताए । “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उनले भने, “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि बाह्य क्षेत्रमा खर्चनुपर्ने ठूलो धनराशि जोगिएको उनले बताए । “एक पटक अल्ट्रासाउन्ड गराउँदा निजी क्षेत्रका अस्पतालहरुले एक हजार छ सयसम्म शुल्क लिने गरेका छन्, पटक पटक जाँच गराउनुपर्ने भएकाले निकै रकम खर्च हुन्छ”, आमा समूहमा आबद्ध सीता डगौराले भनिन्, “टाढाका अस्पतालमा यातायातका साधन चढेर पुग्नुपर्ने हुन्छ, त्यसको खर्च थप हुन्छ, खर्चसँगै अस्पतालहरुमा पालो कुर्नुपर्ने हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा निःशल्क उपलब्ध हुन थालेपछि गर्भवतीले बाह्य क्षेत्रमा खर्चनुपर्ने रकम जोगिएको उनको भनाइ छ । “पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खाज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाइँदा निकै सहज भएको छ”, उनले भनिन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वर्षको असार मसान्तसम्म २० वर्षमुनिका ३३, बीस वर्षमाथिका एक हजार ९७ र उन्नाइसजना जटिल प्रकृतिका गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिएका छन् । अल्ट्रासाउन्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले नगरपालिकाका १२ वटै वडामा सेवा पुर्याउने लक्ष्य राखेको छ ।

त्यसका लागि शाखाले सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रमअन्तर्गत थप तीन अल्ट्रासाउन्ड मेसिनसँगै औजार, उपकरण खरिद गर्ने योजना बनाएको छ । त्यसका लागि नगर सभामा प्रस्ताव गरिएको रु ५१ लाखको बजेट स्वीकृत भए सेवालाई अझै प्रभावकारी बनाउन सकिने बताइएको छ ।

अल्ट्रासाउन्ड सेवाका लागि हाल एक मात्रै मेसिन उपलब्ध रहेको छ । सोही मेसिन सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थामा लगेर सेवा दिनुपर्ने अवस्था रहेको छ । रासस

  • अल्ट्रासाउन्ड
आइतबार, साउन २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.