धनगढी । कैलालीमा हैजाका विरामीको संख्या ८ पुगेको छ । धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा सो संख्याका विरामी पुष्टि भएका हुन् ।
स्वास्थ्य कर्यालय कैलालीको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गर्दा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन् ।
हैजापुष्टिपछि स्वास्थ्यको टोलीले परिक्षण गरिहेको र क्रमिक रुपमा सुधार भएर गएको उनले वताइन् । आजभोली भने हैजाका विरामी नदेखिएको बताउँदै उनले भनिन–कैलालीमा हैजाबाट कसैको मृत्य भएको पनि छैन् ।
गत आर्थिक बर्षमा कैलालीमा झाडापखाला विरामीको संख्या ३७ हजार ४०९ रहेको उनले वताइन ।
हैजाका ८ विरामी
हैजाका ८ विरामी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














