• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ ।

दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।

टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको हो । उनले २०७९ असारदेखि अस्पतालमा आफ्नो सेवा थालेका थिए । उनका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ ।

दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ सय जति भएका छन् भने एक सय ५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ”, उनले भने, “पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर दुई शल्यक्रिया भएका छन् ।”

जटिल खालका शल्यक्रियामध्ये ‘एपेन्डिक्स’ फुटेका तीन, स्तनको गाँठागुठी र स्तन क्यान्सरको ३२, पेटमा ‘सिस्ट’ पलाएको चार, बच्चाको ‘हर्जिनोटोमी’ ४२ भएको पनि डा भट्टले जानकारी गराए । यसैगरी हर्निया दुई सय, फिस्टुला ३६, पाइल्स ४५, दिसा गर्ने ठाउँ पाकेको १५, स्तन पाकेको २६, दिसा गर्ने ठाउँ टाइट भएको १८, हाइड्रोसिल जटिल खालको ८४, विरलै देखिने फिमरो हर्निया चार शल्यक्रिया भएका छन् ।

दिसा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने दुई जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाँठागुठी पलाएको, स्तनमा सामान्य गाँठागुठीको छ सय बढी शल्यक्रिया भएका छन् । यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् । “बिरामीको चाप छ तर पर्याप्त श्ययाको अभाव छ, थप सेवाका लागि उपकरण आवश्यक पर्छ”, डा भट्टले भने, “अस्पतालमा सेवा पाएपछि नागरिकले थप सेवा खोज्छन् जुन स्वाभाविककै हो ।”

विसं २०८१ वैशाख शल्यचिकित्सक थपिएपछि सेवामा थप चुस्तता आएको छ । “व्यवस्थापन पक्षबाट राम्रो सहयोग छ । मोडुलर ओटी (सुविधा सम्पन्न) सुविधा मिलाइएको छ । सबैखाले विशेषज्ञ डाक्टर भएकाले शल्यक्रिया गर्न र सहकार्य गर्न सहज भएको छ”, डा भट्टले भने, “सघन उपचार कक्ष भइदिएको भए धेरै सहज हुन्थ्यो । स्वास्थ्यकर्मीलाई बारम्बार थप तालिको व्यवस्था आवश्यक छ ।”

उनले बजेट अपर्याप्त हुँदा शय्या अभाव हुन्छ । कहिलेकाहीँ श्यया अभाव भएर बिरामी फर्काउनुपर्दा नरमाइलो छ भने । दैनिक १० वटासम्म शल्यक्रिया गरेको उनको भनाइ छ ।

डा भट्टले भने, “जानकी गाउँपालिकाका ३५ वर्षका एक पुरुष पेट दुखेर आउनुभएको थियो, परीक्षण गर्दा पुरानो अल्सर अत्यधिक रक्सी सेवनका कारण फुटेर शरीरभरि फैलिएको अवस्था थियो तर बचाउन सफल भयौँ ।” पेटको खानेकुरा र पित्त शरीरभरि फैलिएको फैलिएर ९५ प्रतिशत ज्यान जाने जोखिममा भएको बिरामीको तीन घण्टा शल्यक्रिया गरेर बचाएको पनि सुनाए ।

उनले भने, “ठूला अस्पतालमा पर्याप्त उपकरण हुन्छन् । यहाँ त्यस्तो सुविधा हामी पाउँदैनौँ, सीमित उपकरणबाट काम गर्नुपर्ने बाध्यता छ । अब हामी दुई जना सर्जन छौँ, टिमवर्क भएमा हिम्मत बढ्छ । एनेस्थेसियालोजिस्ट डाक्टर पनि दुई जना हुनुहुन्छ र मोडुलर शल्यक्रिया कक्षबाट काम गर्ने गरेका छौँ ।”

उनले विगतलाई हेर्दा धेरै उपकरण थपिएका भए पनि अर्याप्त उपकरण सधैँ चाहिन्छ, सधैँ अभाव महसुस हुने बताए । उनले भए, “सिटीस्क्यान र सघन उपचार कक्ष अति आवश्यक छ । सघन उपचार कक्षसँगै श्ययालगायतका सुविधा भएको भए धेरै बिरामीलाई सेवा दिन सकिन्थ्यो ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई टीकापुर अस्पतालमा बिरामीको चाप बढी रहेकाले दुई जना जनरल सर्जन भए पनि शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको बताए । “बिरामीको चाप बढी, शय्या अभाव भएकाले एक/दुई दिन कुर्नुपर्छ”, उनले भने, “शल्यक्रिया गर्न ठूलो टिम चाहिन्छ । स्वास्थ्यकर्मी, नर्स सबै तालिम प्राप्त चाहिन्छ । भएकाहरुको क्षमता विकास, सर्जनका लागि आवश्यक अत्याधुनिक उपकरण थप गर्नसमेत आवश्यक छ ।”

अस्पतालका अध्यक्ष झपट सोडारी सर्जरी सेवा थप व्यवस्थित बनाउन प्रयास भइरहेको बताउँछन् । “सुदूरपश्चिममा पहिलो पटक सानो भए पनि मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “शल्यक्रिया कक्ष व्यवस्थित भएकाले बिरामीलाई राहत र सङ्क्रमणको जोखिम कम हुन्छ । अझ सेवा सुधारको प्रयासमै छौँ ।” रासस

  • सर्जरी सेवा
बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.