कैलाली- बिरामीलाई रगतको अभाव हुन नदिन प्रथम बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज विश्व हिन्दु परिषद् धनगढीले सो कार्यक्रम गरेको हो ।
दुई बजे सम्म चल्ने सो रक्तदान कार्यक्रममा बिहान ११ बजेसम्म ५० भन्दा बढीले रक्तदान गरि सकेको र आउने क्रम जारी रहेको विश्व हिन्दु परिषद नेपालका सुदूरपश्चिम प्रदेश सचिव धनुसधारी पाण्डेयले निशाना न्युजलाई जानकारी दिए ।
सेवा ,संस्कार,शिक्षा क्षेत्रमाकाम गर्न र समाजको रुपान्तरणका लागि यो संगठन निर्माण भएको उनले बताए । २०६८ सालबाट मठमन्दिर गौशाला,शिक्षाको क्षेत्रमा सेवा गर्दै आएको उनले बताए । आजको कार्य पनि सोही अनुसारनै गरिएको उनको भनाइ छ ।













