कैलाली- सुदूरपश्चिम मेटल व्यवसायी संघ कैलालीले बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदान गरेको छ । आज धनगढीको कभर्डहल अगाडि संघले रक्तदान गरेको हो ।
हरेक बर्ष विश्वकर्मा पूजालाई लक्षित गरेर संघले रक्तदान गर्ने गरेको सुदूरपश्चिम मेटल व्यवसायी संघ कैलालीका अध्यक्ष हिक्मतबहादुर सुनारले निशाना न्युजलाई जानकारी दिए । बिहानसम्म ७ जनाले रक्तदान गरेको उनले बताए ।
विश्वकर्मा पूजा खर्चिलो नबनाई मानवसेवामा खर्चिने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ ईन्जिनियरिङका संचालक एवं संघका निवर्तमान अध्यक्ष सिद्धार्थ विकले वताए । विगत ६ बर्षमा ४ सय जनाले रक्तदान गरिसकेको उनले बताए ।
























