धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ६ लाख बढीको छलीका सामान प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीबाट रु.१,८७,८५०।– र कञ्चनपुरका विभिन्न स्थानबाट रु ४,७७,६२५।–मुल्यका भन्सार छलीका सामान प्रहरीले वरामद गरेको हो ।
धनगढी ३ पक्कीकुवा, १९ लल्लीपुर घाट, भजनी ६ नवलपुर, गौरीगंगा ११ सितापुर र जोशीपुर ४ लक्कड मन्डीबाट मूल्य रु।१,८७,८५०।– मुल्य बराबरको प्याज, चिनी, बिडी, पेय पदार्थ, जुत्ता, छिद्रा माछा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त २ भाँसी, ६ ऐठपुर, १८ मदनचोक, बेलौरी २ वनशक्ति, ६ बैशाखी, पुनर्वास १ बादलचोक, ९ खड्डाघाट, ११ डोकेबजार र दोधारा चाँदनी १ पक्की पुलबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।४,७७,६२५।– बराबरको चिनी, गुड, दाल, पेय पदार्थ, मसला, सरफ, सुर्ती, बिस्कुट, मिठाई, जुत्ता, साईकल हेण्डल, टायर, ट्युब, ब्रेकतार, तिल्ली, पाइडल, किला, टिका थाली, टिनको जाली,पंखा,ड्रिल मेसिन, मोटरसाइकलमा प्रयोग हुने पाटपुर्जा, कराइ, फराइबिन, परात, डेक्ची लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।














