• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अनिवार्य ई–बिडिङ हटाइ कोटेशनमार्फत् योजना कार्यान्वयन गर्ने व्यवस्था पारित

  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट पुनर्लेखन गर्दा प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने लगायतका बजेट निर्माणको चार आधार बनाएर सार्वजनिक गरेको थियो । तर सो आधारविपरीत अनिवार्य रूपमा सार्वजनिक सूचनामार्फत् ई–बिडिङ गर्ने व्यवस्था विनियोजन विधेयकबाट हटाएको छ ।

तत्कालीन प्रदेश सरकारले सुदूरपिश्चम प्रदेश सभामा असार १ गते प्रस्तुत गरेको विनियोजन विधेयकको दफा ७ को उपदफा ९११० मा नदी नियन्त्रण, तटबन्ध, घेरबार तथा पर्खाल, सिँंचाइ कुलो, मठ मन्दिरलगायत सबै सार्वजनिक निर्माण कार्य एउटा स्थानीय तह वा जिल्लाको एउटै प्याकेज बनाई अनिवार्य रूपमा सार्वजनिक सूचना ९ई–बिडिङ० गरी ठेक्का प्रक्रियामार्फत् गर्नु गराउनु पर्ने व्यवस्था गरिएको थियो ।

तर वर्तमान प्रदेश सरकारले बजेट पुनर्लेखन गरी प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयकमा अनिवार्य ई–बिडिङ गर्नु गराउनु पर्ने व्यवस्था हटाइएको छ । पुनर्लेखन गरिएको विधेयकमा जटिल प्रकृतिका सार्वजनिक निर्माण कार्यमात्रै ठेक्का प्रक्रियामार्फत् गर्ने व्यवस्था गरिएको छ ।

विधेयकको दफा ७ को उपदफा ९११० मा भनिएको छ, ‘नदी नियन्त्रण, तटबन्ध, भू–संरक्षण, घेरबार तथा पर्खाल, सिँंचाइ कुलो, खानेपानी, मठ मन्दिर, विद्यालय भवनलगायतका सबै नयाँ सार्वजनिक निर्माणका जटिल प्रकृतिका कार्य प्रचलित कानुनबमोजिम ठेक्का प्रक्रियामार्फत् गर्न गराउनुपर्नेछ ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य विजय कुँवरले पारित भएको विधेयकले प्रदेश सरकारलाई योजनाको ई–बिडिङ मात्रै नभई डाइरेक्ट टेण्डर लिने, कोटेशन लिनेलगायतका विधिबाट पनि ठेक्का लगाउन सक्ने व्यवस्था गरेको बताए । उनले अनिवार्य ई–बिडिङको व्यवस्थाले धेरै प्रतिस्प्रर्धात्मक हुने भए पनि डाइरेक्ट टेण्डर लिने, कोटेशन लिने विधिमार्फत् गरिने ठेक्का बढी प्रतिस्प्रर्धात्मक नहुने बताए ।

उनले जटिल प्रकृतिका कार्य प्रचलित कानुनबमोजिम ठेक्का प्रक्रियामार्फत् खरिद गर्ने भन्नाले सबै निर्माण कम्पनीले गर्न नसक्ने कार्यलाई ठेक्का प्रक्रियाबाट निर्माण गर्ने बुझ्नुपर्ने बताए । उनले सामान्य प्रकृतिका कार्य सामान्य कोटेशन, डाइरेक्ट टेण्डर वा र अन्य विधिबाट पनि निर्माण गर्न सकिने बताए ।

प्रदेशसभामा बजेट छलफलकै क्रममा पूर्वआर्थिक मामिलामन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले प्रदेश सरकारले उपभोक्ता समितिमार्फत् गरिने निर्माण कार्यलाई निरुत्साहित गरे पनि कोटेशनमार्फत् निर्माण गर्ने व्यवस्था ल्याएको बताए ।

उपभोक्ता समितिमार्फत् कमिसन नआउने भएकाले प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारले अनिवार्य ई–बिडिङमार्फत् ठेक्का प्रक्रिया गर्नुपर्ने व्यवस्थालाई हटाएर कोटेशनमार्फत् काम गर्ने बाटो खोलेको बताए । कोटेशनमा कमिसन लिन सजिलो हुने भएकाले यो व्यवस्था गरेको आरोप लगाउँदै उनले बजेट पुर्नेलेखनको बेला सरकारलाई कोटेशनमा काम गर्ने ठेकदारले प्रभावित गरेको समेत आरोप लगाए ।

प्रदेश सरकारले कार्यान्वयन २५ लाखभन्दा कमको बजेट कार्यान्वयन नगर्ने, २५ लाखभन्दा कमको योजना राख्नै पर्ने अवस्थामा स्थानीय तहलाई सशर्त हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई सोझै बजेट दिने गरी विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने बजेट निर्माणको आधार तय थियो ।

तर सो आधारमध्ये कुनै पनि आधार पालना नगरी बजेट ल्याएको भन्दै प्रदेश सभाका सांसद् रुष्ट छन् । संसदीय दलले लगाएको ह्वीपका कारण बजेट पारित गरिए पनि आफू सरकारले ल्याएको बजेटको पक्षमा नरहेको सत्तापक्षका एक सांसद्ले बताए । उनले प्रदेश सरकारले सांसद्हरूलाई झुक्याएर बजेट ल्याएको आरोप लगाए ।

प्रदेश सभामा बजेटमाथि छलफलमा भाग लिँंदै नेपाली कांग्रेसका सांसद् विक्रमसिंह धामीले यो बजेट पारित गरे पनि अर्को बजेट ल्याउँदा यस्तै खाले बजेट भए आफूले बजेटको पक्षमा मतदान गर्न बाध्य नहुने चेतावनी दिएका थिए ।

  • व्यवस्था पारित
बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.