कैलाली । दशैको अवसरमा नेपाली काँग्रेस धनगढी गाउँ वडा नं ८ ले पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार राख्ने भएको छ ।
आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार शुरु गरिने सो पेनाल्टी सुटआउटका विजेताका लागि ३० र उपबिजेताका लागि २५ केजीको खसी उपहार राख्ने भएको हो ।
२५ टोलीको सहभागीता रहने खेलमा अनिवार्य नेपाली काँग्रेसको कृयाशिल सदस्य हुनुपर्ने नेपाली काँग्रेसका वडा न. ८ का सभापति मोहनराज ओझाले जानकारी दिए ।
शुभकामना आदान प्रदान पनि हुने भएकाले पनि सो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।













