• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

तरकारीखेतीबाट किसानको जीवनमा फेरबदल

  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित

बैतड- शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् ।

यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन थालेका छन् । गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ को योजना ल्याएर किसानलाई ५० प्रतिशत अनुदानमा पाँच सय पोलिहाउस वितरण गरेको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले तरकारी खेती गर्दा आवश्यक जानकारी दिन किसानको बारीमै कृषि प्राविधिक खटाइएको बताए ।

गाउँपालिकाले उपकरण र प्रविधि सहयोग गरेपछि १५ वटा पोलिहाउसमा गोलभेँडा खेती र पाँच रोपनीमा बन्दा काउली खेती गरिरहेको शिवनाथ गाउँपालिका–३, पोखरेटीका किसान धनवीरसिंह साउदले बताए । अगुवा किसान साउदले गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा पोलिहाउस र सिँचाइ पोखरी निर्माणका लागि सहयोग प्राप्त भएको बताए । तरकारी खेतीबाट उनले वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्दै आएका छन् ।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पालिकाले वार्षिक ४० लाख रुपियाँ बजेट खर्च गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष शकुन्तला साउदले बताइन्। उनले भनिन्, “पालिकाको अनुदान सदुपयोग भएरनभएको अनुगमनसमेत गरिरहेका छौँ । किसानलई आवश्यक पर्ने ज्ञान र सिप सिकाउन प्राविधिकलाई बारीमै पठाउने गरेका छौँ ।”

शिवनाथका किसान गोलभेँडा र बन्दा खेतीमा आकर्षित हुँदै गएको कृषि प्राविधिक मानबहादुर चौधरीले बताए । रोग, किरा लाग्न नदिन, गोठेमल बनाउन र पोलिहाउस निर्माण गर्दा आवश्यक पर्ने सिप र ज्ञान दिन बारीमै पुग्ने गरेको उनले बताए । १५ वटा पोलिहाउसमा खेती गरेर वार्षिक एक सय क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरेर पालिकाको बजार र प्रदेश राजधानी धनगढीसम्म बिक्रीका लागि पठाउने गरेको अगुवा किसान धनवीरसिंह साउदले बताए । साउदले भने, “यो मौसममा बारीमै ८० रुपियाँ प्रतिकिलो गोलभेँडा बिक्री भइरहेको छ । गत वर्षभन्दा यो वर्ष बढी मुनाफा भएको छ ।”

बजार मूल्य एक सय पचास

शिवनाथ गाउँपालिकाका किसानले ८० रुपियाँ प्रतिकिलोमा बिक्री गरेको गोलभेँडाको बजार मूल्य १५० रुपियाँ रहेको छ । गाउँपालिकाले ठुलो लगानी गरेर किसानलाई तरकारी खेती गर्न सिकाए पनि उपभोक्ताले भने चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ । उपभोक्ता र किसानलाई फाइदा पुग्ने गरेर गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरे पनि बिचौलिया तरकारी किन्न किसानको बारीमै पुग्ने भएकाले सङ्कलन केन्द्रमा तरकारी नआएको कृषि प्राविधिक चौधरीले बताए । गाेरखापत्रबाट

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.