धनगढी । कैलालीका विभिन्न भारतिय खुल्ला सिमा नाकाबाट भन्सार छली गरी ल्याएका १८ लाख २४ हजार २४० रुपैया मुल्य पर्ने सामान प्रहरीले पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको छ ।
प्रहरीले आबश्यक कार्बाहीका लागी सो सामान भन्सार कार्यालयलाई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिगएको प्रहरी टोलीले कैलालीको कैलारी ८ लौसा स्थित जंगलमा सु.प.प्र.०१००१ च ३९५७ नम्बरको पिक अप गाडीलाई रोक्न खोज्दा गाडी चालक भागेपछि गाडीमा हेर्दा रु.१६,८४, ५००।- बराबर भारतबाट ४१ बोरा चिनी र सु.प.प्र.०१००१ च ३९५७ नम्बरको पिक अप गाडी, टिकापुर ८ र ९ बाट रु.६८,९४०।- मुल्य बराबरको प्लाष्टिक, चिनि, केराउ, चकलेट र सुर्तिजन्य पदार्थहरु फेला पारी वरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्तmा एबं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
त्यस्तै, धनगढी १५ उर्मीबाट रु. १९,७००।- बराबरको चिनि र सुर्तिजन्य पदार्थहरु, भजनी ५ कव्वाखेडा घाटबाट रु।५१,१००।-बराबरको आलु, विद्युतिय मोटर र प्लाष्टिक जाली प्रहरीले बरामद गरेको उनले बताए ।













