• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिम प्रदेश सरकारको आधा भन्दा बढि बजेट पूर्वाधार निर्माणमा

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ५३.६२ प्रतिशत रकम पूर्वाधार निर्माणमा खर्च गर्ने भएको छ ।
कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले १६ अर्ब ९६ करोड ६ लाख १५ हजार रुपैयाँ विभिन्न पुर्वाधार निर्माणमा खर्च गर्ने गरी विनियोजन गरेको छ ।

प्रदेश सभाले असोज ६ गते सुदूरपश्चिम प्रदेश सरकारको ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट पारित गरेको थियो । जसमध्ये १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रुपैयाँ (५९.३२ प्रतिशत) पुँजिगत, १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रुपैयाँ (४०.६५ प्रतिशत) र एक करोड रुपैयाँ (०.०३ प्रतिशत) वित्तीय व्यवस्थामा विनियोजन गरेको थियो ।

कुल विनियोजित बजेटको ५.६८ प्रतिशत अर्थात एक अर्ब ८० करोड १८ लाख ८ हजार रुपैयाँ अन्य पुँजिगत खर्च गर्ने भएको छ । प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा प्रमुख प्राथमिकतामा राखेको बजेट विनियोजन गरेको भनेपनि विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले आवासीय भवन निर्माणका लागि एक करोड १० लाख ५० हजार, गैरआवासीय भवन निर्माणका लागि एक अर्ब ८२ करोड १६ लाख २६ हजार, सडक तथा पुल निर्माणका लागि ७ अर्ब १० करोड २६ लाख १३ हजार, विद्युतीय संरचना निर्माणका लागि ५ करोड ५० लाख, टतबन्ध तथा बाँध निर्माणका लागि दुई अर्ब ५१ करोड ३५ लाख २४ हजार, वन तथा वातावरण संरक्षण सम्बन्धी संरचना निर्माणका लागि १६ करोड १६ लाख २५ हजार, सरसफाई संरचना निर्माणका लागि ८ करोड ७८ लाख विनियोजन गरेको रातो कितावमा उल्लेख छ ।

यसैगरी, अन्य सार्वजनिक संरचना निर्माणका लागि दुई अर्ब १० करोड ४२ लाख ८० हजार, निर्मित भवनको संरचनागत सुधारका लागि सात करोड ७८ लाख ६३ हजार र सार्वजनिक निर्माणमा पुँजिगत सुधारका लागि २३ अर्ब ३९ करोड ४८ हजार विनियोजन गरेको छ । अन्य सार्वजनिक निर्माण भित्र मठ–मन्दिर, पाटी–पौवा लगायत वर्गीकृत नभएका सार्वजनिक निर्माण पर्ने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा सवारी साधन खरिदका लागि ६ करोड २१ लाख ३६ हजार खरिद गर्ने भएको छ । मेसिनरी तथा औजार खरिदका लागि एक अर्ब १८ करोड ५८ लाख तीन हजार रुपैयाँ खर्च गर्ने भएको छ । कृषि, स्वास्थ्य, सरकारी कार्यालयलाई चाहिने कम्प्युटर, प्रिन्टर लगायतका मेसिनरी तथा औजार यस शिर्षक अन्तरगत पर्ने मन्त्रालयले जनाएको छ ।

फर्निचर तथा फिक्चर खरिद तथा निर्माणका लागि ५ करोड ४० लाख ३२ हजार, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिदका लागि ६० लाख, पुँजिगत परामर्श खर्चका लागि २४ करोड ३१ लाख ८७ हजार, सुरक्षा उपकरण प्राप्तिका लागि ६ लाख ५० हजार र अन्य भैपरी आउने पुँजिगत खर्चका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले माग र आवश्यकता नै पुर्वाधार विकासमा बढि रहेको हुनाले पुर्वाधार निर्माणमा बजेट विनियोजन सबै क्षेत्र भन्दा बढि भएको बताए । उनले खानेपानी, सिंचाई, तटबन्ध निर्माण, सडक पुर्वाधार, बहुवर्षीय योजना र प्रदेश गौरवका योजना पुर्वाधार विकासमा रहेको हुनाले प्रदेश सरकारले पुर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए । उनले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि माग अनुसार नै बजेट विनियोजन भएको दावी गरे ।

प्रदेश सरकारले भौतिक पुर्वाधार विकास मन्त्रालयको लागि १४ अर्ब ५९ करोड ७८ लाख ८४ हजार (४६.१५ प्रतिशत), सामाजिक विकास मन्त्रालयका ६ अर्ब ९५ करोड ५१ लाख ५५ हजार (२१.९९ प्रतिशत), कृषि मन्त्रालयका लागि दुई अर्ब ९१ करोड ६८ लाख ४० हजार (९.२२ प्रतिशत) र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको लागि एक अर्ब ८९ करोड ८० लाख ६० हजार (६ प्रतिशत) विनियोजन गरेको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय बाहेकका विषयत मन्त्रालयहरुले समेत भौतिक पुर्वाधार विकासका लागि विनियोजन गरेको समेत सहित झण्डै ५४ प्रतिशत बजेट पुर्वाधार निर्माणका लागि विनियोजन गरिएको हो ।

  • सुदूरपश्चिम प्रदेश
बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.