कैलाली । सुदुरपश्चिम प्रदेशमा प्रहरीले दशैतिहारमा जुवातास कसुरमा ३ सय ९७ जना पक्राउ गरेको छ । प्रहरीले संचालन गरेको दशै तिहार लक्षित सुरक्षा योजना अन्र्तगत उनीहरुलाइृ पक्राउ गरी २९ लाख बढी राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बझाङ्गमा ५ जनालाइृ पक्राउ गर्दा ६६ हजार १३० ,डोटीमा १२ जनाबाट १२ हजार ८१०,डडेल्धुरामा २८ जना पक्राउ गर्दा ४ लाख ४१ हजार ८६९ राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
अछाममा ९ जनाबाट ८६ हजार ८५ रुपैया कञ्चनपुरबाट १५९ जनालाई लाई पक्राउ गर्दा ११ लाख ९० हजार ४५२ रुपैया राजश्व संकलन भएको जनाएको छ । त्यस्तै कैलालीमा १८४ जना पक्राउ पर्दा ११ लाख ९ हजार ९०८ रुपैया संकलन भएको प्रहरीले बताएको छ ।














