• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

अटो चलाएर त्रिसट्ठी वर्षीय तुलादत्त परिवारको खर्च धान्दै

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ । युवा जस्तै जोस र जाँगरका साथ उनी अटो चलाउन व्यस्त छन् ।

पाँच वर्षदेखि उनले अटो चलाउँदै आएका हुन् । दैनिक उनको कमाई एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ । महिनामा २० हजार देखि ३० हजार सम्मको कमाई उनको रहेको छ । “यात्रु बढी पाइएका दिन धेरै कमाई हुन्छ” उनी भन्छन्, “कम भएको दिन थोरै हुन्छ, दिनमै यति कमाई हुन्छ भन्न सकिँदैन ।”

अटोको कमाईले घर खर्च सहज रुपमा चल्दै आएकामा उनी सन्तुष्टि व्यक्त गर्छन् । नगरपालिकाको झलारी बजारदेखि कालापानी रुटमा उनले अटो चलाउने गर्छन् । त्यो रुटमा अटोमा चढ्ने प्रतियात्रुले भाँडाबापत ८० तिर्ने गर्दछन् । बिहानीको झिसमिसेमै जोशी अटो लिएर झलारी बजारमा यात्रुको प्रतीक्षामा तम्तयार भएर बसेका हुन्छन् ।

“यात्रु नबोके गुजारा चल्दैन”, उनले भने, “बिहान कार्यालय जाने, आवश्यक कामका लागि अन्त्य जाने यात्रुहरु प्रतीक्षामा हुन्छन्, घरबाट आउन ढिलो भए फोन गरेर बोलाई हाल्छन् ।” यात्रु नै भगवान् भएकाले नाइनास्ती गर्न नसकिने उनी बताउँछन् । “यात्रु बोक्दाबोक्दै दिन बितेको पत्तो नै हुँदैन, कुनै दिन खानका लागि घर जान पनि पाइँदैन, यात्रु नभएका बेला भने दिउँसोपख समय मिलाएर घरमै गएर खाना खाने गर्दै आएको छु”, उनले भने ।

“विसं २०५४ मा पहाडबाट तराई झर्दा कमाईको साधन नहुँदा रोजगारीका लागि भारततर्फ लाग्नुप¥यो”, विगत सम्झँदै जोशी भन्छन्, “भारतमा केही वर्ष काम गरेर कमाई गरेको पैसाले कैलालीको फूलबारीमा १० कट्ठा जग्गा जोडे, आफन्तहरु सबै यतै भएकाले फूलबारीको जग्गा बेचेर झलारी बजार नजिकै साढे चार कट्ठा जग्गा जोडे, त्यसमै घर बनाएर बस्न थाले ।”

“घरघडेरी जोडे पनि कमाई गर्नका लागि केही त चाहियो नै”, उनले अगाडि भने, “जग्गा बैङ्कमा राखेर १२ लाख कर्जा निकाले, त्यो कर्जाको रकमले अटो रिक्सा किने, बचेको पैसाले करेसाबारी बनाउन साढे तीन कट्ठा जग्गा किने ।” बैङ्कबाट कर्जा निकालेको १२ लाखमध्ये छ लाख रकम अटोको कमाईले तिर्न भ्याएको उनी बताउँछन् । अटोको कमाईले बैङ्कको कर्जाको बाँकी किस्ता बापतको रकम तिर्दै आएका छन् ।

छोराले भारतको बैङ्गलोरमा काम गर्ने भएकाले उताबाट पनि रकम पठाउने गरेको उनको भनाइ छ । अटोको कमाई र छोराको कमाईले घर खर्चसँगै बैङ्कको किस्ता तिर्न कुनै अप्ठेरो नरहेकामा उनी ढुक्क छन् ।

“बूढेसकाल लाग्यो अब केही गर्न सकिँदैन भनेर घरमा बसेको भए घर खर्च चलाउनै धौ धौ हुन्थ्यो”, उनी भन्छन्, “युवा जस्तै काम गर्दै आएको छु, स्वास्थ्यमा पनि समस्या छैन, आपत्विपत् परेका कसैसँग हात थाप्नु परेको छैन, सहज रुपमा दैनिकी चलेको छ ।”

आत्मनिर्भर भएर काम गर्न पाउँदाको खुसी उनी व्यक्त गर्छन् । सिटभन्दा बढी यात्रु नबोक्ने र थोरै गतिमा अटो चलाउने भएकाले जोशीकै अटो रोजाइमा पर्ने गरेको यात्रु भरतबहादुर ऐरले बताए । उनले अटोचालक जोशी कर्तव्यनिष्ठ व्यक्ति रहेको बताए । रासस

  • अटो
बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.