धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानहरुबाट ७ लाख बढी भन्सारा छलीका सामान प्रहरीले पक्राउ गरेको छ । आज कैलालीको धनगढी ३ मिलन चोक, १८ थापाघाट, गोदावरी ४ भिमदत्त राजमार्ग बन्नदेबि मन्दिर नजिक, टीकापुर ९ ठोसे बजार स्थित भित्री सडक खण्ड र जोशीपुर ३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९५,४६०।– बराबरको प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पार नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त १० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी ४ चाँदनी बजार र बेलौरी ६ बैशाखाबाट भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,२५,९८०।बराबरको सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास,कस्मेटिक, किरानाका सामान, मोटरसाइकल थान(१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको जनाएको छ ।













