• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विकृत राजनीतिका कारण कृषि पेशा धरापमा

  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

कैलालीको गोदावरी नगरपािलका–१ अत्तरियामा कृषि बजार ब्यवस्थापन समितिले २०५५ सालमा हाटबजार संचालनमा ल्यायो । समितिले रोडको किनारमा संचालन गरिएको सो हाटबजार माओवादीको द्धन्द्धकालमा हटाईयो । लामो समयको संघर्षपछि तत्कालिन ब्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टको नेतृत्वमा २०५७ सालमा हाटबजार निर्माण गर्न नेपाल सरकारसंग जग्गा माग गरियो ।
नेपाल सरकारले दाउन कृषि फार्मको जग्गा सट्टापट्ट गरेर वन विभागले ३ बिगाह १८ कठ्ठा जग्गा उपलब्ध गरायो र अहिले सो जग्गामा कृषि थोक बजारको नामाकरण गरी संचालनमा आएको छ । बजार सञ्चालन यताको अवस्था लगायत बिबिध बिषयमा कृषि बजार ब्यबस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टसंग निशाना न्युजकालागी टंक कुँवरले गरेको कुराकानीमा आधारित बिचार प्रस्तुत गरिएको छ ः–
हामीले लामो संघर्षपछि रोड किनारमा स्थापना गरिएको हाटबजार राम्रो बजारमा ब्यवस्थित गर्न सफल भएका छौ । गोदावरी नगरपालिका वडा न. ६ लालपुरमा हामीले तरकारी उत्पादन गथ्र्यौ । २०४४ साल तिरको कुरा हो हामी तरकारी ब्यवसाय गर्दै आयौ त्यतिखेर लालपुर तरकारीमय भयो ।
सो बेला अत्तरिया र धनगढीमा तरकारीका ब्यापारी भारतीयमात्र थिए । त्यति खेर हामीले उत्पादन गरेको बन्दा, आलु, गोपी, प्याज, लसुन जम्मै भारतीय ब्यापारीले किनेर लग्थे । हिउँदमा तरकारी किन्ने बर्षातमा नेपालबाट उनीहरु जाने प्रकृया चलि रहन्थ्यो । भारतीय ब्यापारीलाई निस्तेज गर्न हामीले हाट बजारको अबधारणा ल्यायौ ।
अत्तरियामा शनिबार बुधवार र धनगढीमा मंलबार र शुक्रबार हाटबजार लगाउन शुरुवात गरयौं । त्यति खेर अत्तरियाको पुर्बपश्चिम राजमार्गको रोड किनारमा हटबजार थियो ।
द्धन्द्धकालमा रोड किनारमा हाटबजार लगाउन नपाईने भन्दै हटाउने काम गरियो । २०५७ सालयता नेपाल सरकार संग जग्गा र पूर्बाधार निर्माणका लागी माग गर्यौ । नेपाल सरकारले दाउन कृषि फार्मको जग्गा साटेर वनबिभागले ३ बिगाह १८ कठ्ठा जग्गा हामीलाई उपलब्ध गरायो र हामीले कृषि थोक बजार नामाकरण गरी बजार संचालनमा ल्यायौ । अहिले यो वजार ठूलो संरचना सहित निर्माण भएको छ ।
यहाँ दैनिक कारोबार ८० लाख बराबर हुन्छ । फुटपाथमा ब्यपार गर्ने ब्यापारी यहाँ आएर कारोवार राम्रो गरिरहेका छन् । ५० हजारले रोजगारी पाइरहेका छन् । कृषकले उत्पादन गरेको तरकारी खपत भईरहेको छ ।
भारतीयहरु कृषकले उत्पादन गरेको तरकारीका पैसा नदिएर भाग्ने गर्थे । बजार निर्माण पश्चात त्यसको अन्त्य भएको छ । कृषकलाई उत्पादन गरेको तरकारी कहाँ लगौ के गरौ भन्ने झन्झटको पनि अन्त्य भएको छ । सुदुरपश्चिमको पहाडी जिल्ला र कर्णाली प्रदेशको सुर्खेत, र बुटवलसम्म सुदुरपश्चिमको उत्पादन तरकारी खपत भईरहेको छ ।
नेपालको ११ बजार मध्येमा यो बजार पनि एक हो । कृषि ब्यवसाय गरेका कृषकलाई यो हाटबजार बरदान साबित भएको छ । उत्पादन बढी गर्ने कृषकहरु यहाँ आएर आफ्नो तरकारी बिक्री गरेर जाने गरेका छन् ।
८० प्रतिशत तरकारी यँहाकै बजार खपत भई रहेको छ भने नपाइन उत्पादन कम हुने तरकारी मात्र भारत बाट आउने गरेको छ । लौका, चिचिन्डा, फर्सी, अदुवा लगायतका तरकारी यही बजारबाट विक्री वितरण भई रहेको छ । भारतबाट आउने भने को आलु हो । नेपालमा आलु उत्पादनमा कमिका कारण भारतबाट आउने गरेको छ ।
दैनिक १ हजार क्वीन्टल भारतबाट नेपाल आलु आउने गरेको छ । रोक्न हामीले मात्र चाहेर हुदैन यहाँको तीन तहकै सरकारले पहलकदमी लिनु पर्ने आबश्यक हुन्छ । शुद्ध बिउ मलखाद समयमा पाउनु पर्ने नयाँ टेक्नोलोजी भईदिएको भए कृषकहरु लाभाम्बित हुने थिए । यहाँ त्यस्तो छैन । नेपाल सरकारको प्रदान गर्ने अनुदान बास्तविक कृषक भन्दा पनि नेताका झोलेहरुले पाएको अवस्था छ । जस्का कारण बास्तविक कृषक हराउँदै छन् ।

कृषकप्रति उत्तरदायी नेपाल सरकार छैन् । नयाँ टेक्नोलाजी बास्तविक कृषकले पाएको छैन् । अहिले नेपाल सरकारको पोलीसी फितलो भएको कारणले पनि कृषक पलायन हन थालेका छन् ।
कैलाली कञ्चनपुरमा २०५१ सालमा आलुको लागी डिमोट्रेसन हाम्रै समुहले गरेको थियो । टिकापुरमा ११ क्वीन्टल १ कठ्ठामा आलु फलेको थियो भने धनगढीमा ९ कठ्ठा आलु फलाएका थियौ । यो तरिकोको पोलिसि बिकसित गर्ने काम त सरकारको होनी । यहाँ त सरकार सुतेको छ । कृषकका लागी दिने अनुदान नेता तथा मन्त्रीको झोलेको खल्तीमा गएको छ ।
बास्तविक कृषक निरास हुँदै गएका छन् । विदेसिने युवालाई रोक्न सक्ने आधार भनेको यहाँको कृषि पेशा हो । सरकारले आधुनिक टेक्नोलाजीको प्रयोगबाट कुषिलाई प्राथामिकतामा राख्न जरुरी छ । जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यस्तो ठाँउमा त्यस्तै प्रबिधि प्रयोग गरेर उत्पादन गर्न सक्यो भने कृषिमा पर निर्भर हुन पर्ने थिएन । हामीले तरकारीलाई निर्यात गर्न सक्नु पर्ने थियो । तर दुर्भाग्य के छ भने उल्टै तरकारी आयात भइरहेको छ । बिकृत राजनीतिका कारण सबै चिज आयात मात्र भईरहेको छ । उत्पादन घटिरहेको छ । यो हुनाको कारण देशको राजनीति नै हो । नेपाल सरकारले ल्याएको कृषि आधुनिकरण परियोजना ब्यवहार र कानुनी प्रक्रिया मात्र लागु भयो यथार्थ कृषि पेशा गर्ने कृषकमा लागु भएको छैन् । कृषिलाई उत्पादनमुखी बनाउन नयाँ प्रबिधिको आबश्यक छ ।
उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी र अन्य बस्तु यहाँसम्म ल्याउने सुबिधा छैन, बजारीकरण कमी छ । तराई क्षेत्रसम्म ल्याउन बाटोमै कुहिन सक्ने जोखिमका कारण उनीहरुले उत्पादन गरेका बस्तुहरु खेतमै कुहिने अवस्था छ । यस्का लागी सरकारले पहल कदमी लिन आवश्यक छ । जहाँ जे पाउँछ त्याँ त्यस्तै उत्पादन गर्न लगाउन सके कृषकको उज्वल भविस्य हुने थियो । अहिले चाईनाको ओखर नेपाल आईरहेको छ । आँप यो सिजनमा नेपाल आईरहेको छ । नेपालमा पनि किन नहुनु हुने थियो । सरकारको कुनै चाँसो नै छैन ।
अहिले अदुवा उत्पादन भईरहेको छ । यस्लाई बाहिर पठाउन सक्ने ब्यवस्थापन हामीसंग छैन । यहाँ उत्पादित अदुवा बंगलादेश जस्ता ठाउँहरुमा पठाउन सके कृषले मुल्य पाउने थिए । यो ब्यवस्थापन गर्ने पोलिसी नेपाल सरकारको हो । तर गरिरहेको छैन । गर्न सक्यो भने हुन्छ । हामीले हाट बजार फुटपाथबाट आएकाहरुले निर्माण गरेका हौ । अहिले यस बजारका ब्यापारी संग आफ्नै गाडीहरु छन् ।
गाँउघरमा उत्पादन गरेको तरकारी यहाँ आईरहेको छ । बजार बेच्न कहाँ लिने भन्ने तनाब कृषकलाई छैन् । कृषकले उत्पादन गरेको तरकारी लगायत अन्य बस्तुहरुलाई यहाँनै खपत हुने गरी संकलन केन्द्र स्थापना गरेर संकलन गर्ने योजना छ । तथा नेपालमा उत्पादन गरेको तरकारी लाई खपत गराउने र बाह्य मुलुकमा निर्यात गर्ने सोचका साथ हामीले कामलाई अघि बढाएका छौ ।

  • कृषि पेशा धरापमा
सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.