• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

राजनीतिसँगै कुखुरा पालनमा जमेका डम्बर

  •   शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका डम्बर सुनारले व्यवसायिक कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले विगत ४ वर्षदेखि स्थानीय कुखुरा पालन गर्दै आएका छन् ।
सुनारले तीन कठ्ठा जग्गामा दुई हजार बयस्क कुखुराको क्षमता भएको खोर निर्माण गरेर व्यवसायिक कुखुरा पालन गरेका छन् ।

उनले रु. ३५ लाख लगानीमा व्यवसायिक कुखुरा पालन सुरु गरेको बताए । उनले विसं. २०७७ सालमा अर्नब बहुउदेश्यीय फर्म दर्ता गरेर व्यवसायिकरुपमा कुखुरा पालन सुरु गरेको बताए । “वर्षमा दुई लट कुखुरा उत्पादन हुन्छ”, उनले भने,–“स्थानीय जातको कुखुरा हुर्कन छ महिना लाग्छ । वर्षमा दुई लट बिक्री गर्न सकिन्छ । मैले एक वर्षमा करिब तीन हजार पाँच सय कुखुरा बिक्री गर्छु । खर्च कटाएर वर्षमा रु.१० लाखसम्म बचत हुन्छ ।”

“कुखुरा बिक्री गर्न कुनै समस्या हुँदैन् । बजारमा सहजै बिक्री हुन्छ”,उनले भने,–“खोरमै पनि किन्न आउँछन् । प्रतिकिलो पाँचदेखि छ सयमा बिक्री हुन्छ ।” उनले स्थानीय जातका कुखुरा पालनमा मेहनत र खर्च लाग्ने भएपनि राम्रै आम्दानी हुने गरेको बताए ।

“चितवनबाट एकदिने चल्ला ल्याएर पाल्छौँ । चिसो समयमा चिसोबाट जोगाउन सक्नुपर्छ । गर्मी समयमा पनि गर्मीबाट जोगाउन सक्नु पर्छ”, सुनारले भने,– “मेहनत त लाग्छ । हामी घरका पाँच जनाले हेरचाहा गर्ने गरेका छौँ ।”
उनले कुखुराका चल्ला पनि बिक्री गर्ने गरेको बताए । उनले भने,–“मैले चल्ला पनि बिक्री गर्छु । वर्षमा करिब ६० हजार चल्ला बिक्री हुन्छन् । एक हजारमा आठ वटा चल्ला बिक्री गर्छु । यसमा खर्च कटाएर रु.दुई लाख देखि दुई लाख पचास हजारसम्म बचत हुन्छ ।”

“सात जनाको परिवार छ । अन्य आम्दानीको स्रोत केही छैन् । सबै घर खर्च छोरा छोरीको पढाइ यसैबाट धानेको छु”, सुनारले भने,–“छोरी ल्याव पढ्दैछन् । दुई छोरा निजी विद्यालयमा पढ्छन् । सबै खर्च यसै व्यवसायबाट धानेको छु ।”
“योभन्दा अगाडि कुनै व्यवसाय थिएन् । केही न केही गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनमा लागेको हुँ । यसबाट राम्रै आम्दानी भएको छ”, उनले भने,– “जग्गाको पनि सदुपयोग भएको छ । घरमै बसेर आफ्नै ठाउँमा व्यवसाय गरिएको छ । म सन्तुष्ट छु ।”


उनले अहिले खोरमा करिब तीन हजार चल्ला हालेका छन् । व्यवसायलाई अझै विस्तार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट विसं.२०७९ सालमा रु ८० हजार अनुदान पाएको सुनारले बताए ।

सुनार व्यवसायी मात्रै नभएर राजनीतिकर्मी पनि हुन् । राजनीतिमार्फत समाजसेवा पनि गर्दै आएका छन् । उनी नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश समिति सदस्य समेत हुन् । व्यवसायसँगै राजनीतिमा समेत समय दिने गरेको उनले बताए ।

 

  • कुखुरा पालन
शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.