कञ्चनपुर- कञ्चनपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो।
दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।














