• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

विशेषज्ञ चिकित्सकको पर्खाइमा डडेल्धुरा अस्पताल

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

डडेलधुरा- सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेलधुरा अस्पताल छ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा छ । विशेषज्ञ चिकित्सक नहुँदा सङ्घीय सरकार मातहतको डडेलधुरा अस्पतालमा पुग्ने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।

डडेलधुरा अस्पताल उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो तर दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक कहिल्यै पाउन सकेन । एघारौँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट एक जना दरबन्दी रहेको अस्पतालमा हाल १० तहका चिकित्सक कार्यालय प्रमुख छन् ।

अस्पतालमा ९ र १० तहका १७ जना विशेषज्ञ चिकित्सकको स्वीकृत दरबन्दी भए पनि हाल स्थायी एक जना र अस्थायी नौ जना गरेर १० जना मात्रै रहनुभएको सोमबार आर्थिक वर्ष २०८०र८१ को वार्षिक समीक्षा कार्यक्रममा अस्पतालका निमित्त मेसु डा। नरेन्द्रकुमार खनालले जानकारी दिए ।

आठौँ तहका १८ जना मेडिकल अधिकृतको पद स्वीकृत भएकोमा १४ जना स्थायी र १४ जना करार गरेर २८ जना रहेको उनले बताए ।

नेपाल सरकारले छात्रवृत्तिमा पढाउने चिकित्सक मात्रै डडेलधुरा अस्पताल आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दी रिक्त रहन गएको अस्पतालका निमित्त मेसु डा। खनालले बताए । गत वर्षभरि अस्पतालबाट एक लाख ५८ हजार ६३३ जना बिरामीले उपचार सेवा लिएको उनले प्रस्तुत गरेको तथ्याङ्कमा छ । सबैभन्दा बढी दीर्घ रोगका बिरामी रहेको उनले बताए ।

तर अस्पतालबाट कति जना बिरामी रेफर भए तथ्याङ्कमा उल्लेख छैन । अस्पतालका सूचना अधिकारी टङ्क पन्तका अनुसार तीन ठाउँबाट बिरामी रेफर गरिन्छन् इमर्जेन्सी र ओपिडीबाट । इमर्जेन्सीबाट करिब २७० को सङ्ख्यामा रेफर भएको हुन सक्ने अनुमान उनले लगाए तर अन्य दुई ठाउँको जानकारी दिएनन् ।

सङ्घीय सरकारबाट प्राप्त भएको ४० करोड ७८ हजार रुपियाँ बरारबरको रकमको ५४ प्रतिशत अर्थात् २१ करोड ६० लाख रुपियाँ खर्च भएको उनले बताए । उनका अनुसार अस्पताल विकास समितिमा १० करोड रुपियाँ सङ्कलन भएको र शतप्रतिशत खर्च भएको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार केही दिनअघि मात्रै अस्पतालको नयाँ भवन हस्तान्तरण भएको र दुई साताभित्रै अस्पतालले मृगौला डायलासिस सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

डायलासिसका लागि दुई वर्षअघि नै आवश्यक उपकरण खरिद गरिएर थन्काएर राखिएका थिए । अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञ चिकित्सक पदपूर्तिका लागि बारम्बार मन्त्रालय र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वय गरेको उनले बताए ।

गत कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा आएर एक साता बसेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई अस्पतालको समूहले भेट गरेर दरबन्दी अनुसारको पदपूर्तिका लागि अनुरोध गरेको उनले बताए । दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन नसक्ने भए विशेषज्ञ सेवासहित भनिएको सङ्घीय सरकार मातहतको अस्पतालले सेवा दिन नसक्ने भनेर बारम्बार जानकारी गराउँदै आएको उनको भनाइ छ ।

सङ्घीय सरकार मातहत सञ्चालनमा रहेको डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ फागुन ५ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरेर डडेलधुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । गोरखापत्रबाट

  • डडेल्धुरा अस्पताल
बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.