• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

चितवन राइनोजमाथि कर्णाली याक्सको रोमाञ्चक जित

  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

 

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सले शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हारको स्वाद चखाएको हो ।

जारी एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो भने चितवन राइनोजको पहिलो हार । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली याक्सले भने १९।५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर भवनले ४५ रनको योगदान गरे । चर्चित भारतीय क्रिकेटर धवनले ४१ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।
३९ वर्षीय धवन केवल पाँच रनका कारण दोस्रो अर्धशतक बनाउनबाट चुके । कर्णाली याक्सले ५३ रनमा पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रूपमा ओपनर देव खनाल २५ रन बनाउँदै आउट भएका थिए । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए ।

त्यसपछि ओपनर धवन र तेस्रो नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । विकेटकिपर वाल्टनले पनि टोलीका लागि ३० रनको योगदान गरे । उनले केवल १९ बलमा तीन छक्का प्रहार गरे । धवन आउट भएलगत्तै वाल्टन पनि पेभेलियन फर्किएका थिए ।

जिसन मक्सुदले अविजित १२ रनको योगदान गरे । उनले १५ बलमा एक चौका प्रहार गरे । अर्जुन घर्तीले पनि टोलीको खातामा ११ रन थपे । कर्णाली याक्सले अतिरिक्त रूपमा पनि नौ रन पायो । चितवन राइनोजका कप्तान कुशल मल्ल, जन निकोल लफ्टी एटन र रवि बोपराले एक–एक विकेट लिए ।

त्यसअघि, चितवन राइनोजका लागि रवि बोपराले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५९ रन बनाएका थिए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए ।

बोपराले ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । बोपराले जारी एनपीएलमा व्यक्तिगत रूपमा बनाएको यो दोस्रो अर्धशतक हो । उनी जारी एनपीएलमा हालसम्म दुईवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक पनि हो ।

यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।

कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले माथिल्लो तीन विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर ब्याट्सम्यान लुक मार्टिन बेनकेनस्टाइन शून्य रनमै पेभेलियन फर्किएका थिए । अर्का ओपनर दीपक बोहरा पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।

चितवन राइनोजको तेस्रो विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावल ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल २२ रन थियो । त्यसपछि बोपरा र कप्तान कुशल मल्लले टोलीको स्कोरलाई ८२ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

कप्तान कुशलले पनि टोलीका लागि २३ रनको योगदान गरे । उनले २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जन निकोल लफ्टी एटन नौ रन बनाउँदै आउट भए । सोहेल तनवीरले भने खाता खोल्न सकेनन् ।

अमर रौतेला पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान शरद भेषावकर ६ रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रूपमा केवल पाँच रन पायो । कर्णाली याक्सका बलर विपिन शर्माले तीन विकेट लिए । विपिनले चार ओभरमा २१ रन खर्चिए । जिसन मक्सुदले पनि दुई विकेट हात पारे । कप्तान सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।

चितवन राइनोज र कर्णाली याक्स दुबैले आफ्नो तेस्रो खेलेका हुन् । यसअघि खेलिएको आफ्नो दुबै खेलमा चितवन राइनोज विजयी भएको थियो । चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

कर्णाली याक्स भने यसअघि खेलिएको आफ्नो दुबै खेलमा पराजित भएको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।

जितसँगै कर्णाली याक्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ ।

तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी यालन्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।

 

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ९ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.