मोरङ ।बुढीगंगा गाउँपालिका ६ सिन्धुवा टोल बस्ने ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













