• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर

  •   बिहिबार, पुष १९, २०८१ मा प्रकाशित

बैतडी । स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।

१५ शय्याको अस्पतालले दिने सेवा स्वास्थ्य चौकीमै उपलब्ध हुन थालेपछि स्थानीय खुसी भएका छन् । पुर्चौडी नगरपालिकाले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराएपछि जटिल रोगको उपचार बाहेकको सेवा गाउँमै प्राप्त हुन थालेको छ ।

मासिक एक लाख ५० हजार रुपियाँ तलब भत्ता दिनेगरी डाक्टर नियुक्त गरिएको पुर्चौडी नगरपालिका प्रमुख दीपकबहादुर बमले बताए । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेपछि यस वर्षदेखि स्वास्थ्य संस्थामा जिडिटल एक्स–रे मेशिन जडान भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

स्वास्थ्य संस्थामा १५ दिनअघि मात्र डिजिटल एक्स–रे मेशिन जडान भएको उनले बताए । उनले भने, “स्वास्थ्य संस्थामा ९८ प्रकारका निःशुल्क औषधीको पूर्णरुपमा व्यवस्था गरेका छौंं । जनशक्तिका हिसाबले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गरेका छौं ।”

कुल १० वटा वडा रहेको पुर्चौडी नगरपालिकामा ४० हजार जनसङ्ख्या छ । वडास्तरमा स्वास्थ्य चौकी भए पनि नगरपालिकाको केन्द्र हाटमा रहेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, जिडिटल एक्स–रे मेशिन, अत्याधुनिक ल्याब सेवा, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि नागरिक खुसी भएको उपप्रमुख मीना धानुकले बताइन् ।

स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन बेला–बेला अनुगमन हुने गरेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेन्द्रप्रसाद अवस्थीले बताए । स्थानीय तहका स्वास्थ्य संस्थाको अनुगमनका क्रममा पुर्चौडी पुग्नुभएका स्वास्थ्य कार्यालय बैतडीका खोप निरीक्षक हरिश भट्टले हाट स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिएको जानकारी दिए ।

स्वास्थ्य संस्था अनुगमनको क्रममा पुर्चौडी हाट स्वास्थ्य चौकी र कोटिला स्वास्थ्य चौकीको सेवा राम्रो देखिएको उनले बताए । कोटिला स्वास्थ्य चौकीले प्रसूति सेवा र ल्याब सेवा सञ्चालन गर्दै आइरहेको स्वास्थ्य चौकी इन्चार्ज सुमन लोहारले बताए ।

स्वास्थ्य चौकीमा सबै किसिमका सेवा उपलब्ध भएपछि बिरामीको चाप बढेको डा. अनमोल थापाले बताए । ग्रामीण भेगबाट आउने अधिकांश पाका उमेरका बिरामीमा दम रोग र बालबालिकामा निमोनियाको समस्या बढी देखिने गरेको उनले बताए । धूमपान र सुधारिएको चुलो नभएका कारण यस्तो समस्या भएको हुन सक्ने उनले बताए ।

हाट स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म चार हजारभन्दा बढी बिरामीले सेवा लिएको डा. थापाले बताए । तथ्याङ्कअनुसार गत वर्ष नौ हजार पाँचसय बिरामीले सेवा लिएको पाइएको छ । ओपीडी सेवा सेवातर्फ पाँच सय र आकस्मिक सेवा छसय जनाले लिएको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क छ ।

हाट स्वास्थ्य चौकीमा ल्याव सेवा, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र एम्बुलेन्स लगायत जिल्ला अस्पताल बराबरको सुविधा भएपछि पालिकास्तरीय अस्पताल घोषणा गर्ने तयारी भइरहेको नगर प्रमुख दिपकबहादुर बमले बताए । गोरखापत्रबाट

बिहिबार, पुष १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.