कैलाली । नेपाल पत्रकार महासंघ कैलाली शाखाको पहिलो बैठकले बिभिन्न निर्णय गरी सम्पन्न भएको छ । निर्णयहरुमा नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्यको स्वास्थ्य बीमा गर्ने , नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य तथा कैलालीबाट सञ्चालित सञ्चार माध्यमको अभिलेख तयार पार्ने, अभिलेखीकरणका लागि सचिब तेजराज भट्ठको संयोजकत्वमा गगन अयडी, र लोकसिंह ठकुरी सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पत्रकारको सहजताका लागी नेपााल पत्रकार महासंघ कैलाली शाखामा संचार केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको जनाएको छ । आज महासंघका अध्यक्ष श्रmबण देउबाको अध्यक्षतामा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।














