धनगढी । कैलालीका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका एक लाख ४० हजार ५५० रुपैया मुल्य पर्ने सामान पक्राउ गरेको छ । कैलालीको धनगढी २ ट्राफिक चौराह, शिसा पोष्ट, नल्काघाट, ७ सरस्वती स्कुल नजिक, घुइयाघाट, १२ बिरेघाट र १४ बाट सो मुल्यको सामान प्रहरीले पक्राउ गरेको हो ।
प्याज, चिनी, गुड, नरिवल, मसला, पास्ता, केक पाउडर,बिडी, सुर्ती, साबुन, सरप, मोटरसाइकलका पार्टस, वेल्डिङका सामानहरु, वेल्डिङ मेसिन,साइकलका पाटपुर्जा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













