काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फर्ममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ४ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














