कैलाली । प्रहरीले भन्सार छलि गरी ल्याएका एक लाख ५३ हजार ६८० मुल्य पर्ने सामान पक्राउ गरेको छ । धनगढीको ९ त्रिबेणीघाट र १५ को उर्मिबाट सो मुल्य बराबरको सामान प्रहरीले पक्राउ गरेको हो ।
बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरीङ पाईप, नटबोल्ड, किला लगायतका सामानहरु सो स्थानहरु बाट जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाटखटिएको प्रहरी गस्ती लीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














