• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

माघ १९ गतेदेखि धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित

धनगढी । धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

आज धनगढीको धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भईसकेका छन् । मैदानमा दर्शकहरुलाई बस्नका लागि कृक्रिम प्याराफिट पनि जडान गरिसकिएको छ ।’ अध्यक्ष शाहीले भने– ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरु अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतिक्षामा रहने छौं ।’

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीको नेतृत्वमा क्रिकेटको शहर धनगढीमा नेपालमा अक्सनको सुरुवात हुदैं धनगढी प्रिमियर लिग (डिपिएल) को आरम्भ गरिएको थियो । नेपाली क्रिकेटको विकासमा कोसेढुंगा सावित भएका धनगढी क्रिकेट लिग, एसपिए कप लगायतका प्रतियोगिताहरु पनि उनकै नेतृत्वमा सफल आयोजना भएको थियो । शाहीले धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन ड्रिम फाप्लाको अभियानदेखि हाल धनगढीमा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्धारा ट्रफी अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले ट्रफी अनावरण गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्रफी अनावरण गरे । धनगढी क्रिकेट एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले ट्रफी अनावरण गरेका हुन् ।  सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसला मिल्ने बताए ।

मुख्यमन्त्री शाहले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भने, ‘यो आयोजनका लागि आयोजकलाई धन्यवाद । प्रदेश सरकार आफ्नो तर्फबाट सहयोग समर्थन गर्न सदैव तयार रहेको छ । आम क्रिकेट प्रेमी जनमानसमा बढी भन्दा बढी सहभागिता र सहयोगका लागि आह्वान गर्दछु ।’

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धा, अर्जुन खड्का
सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो ।  एकताका विश्व क्रिकेट जगतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेट जगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै यही जीवन समर्पण गरेर अस्ताए । उनले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए भने पछिल्ला ५ बर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए ।

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका वुवा काम गर्थे । त्यैं कमाईबाट उनका वुवाले धनगढीमा घरघडेरी जोडेका थिए । उनी १८ बर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गति लियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । जीवनका घुम्तीहरुमा बाँचुन्जेल अर्जुन खड्काले कहिल्यैं ब्याट र बलमा हात छोडेन्न । जीवनभर क्रिकेटसंग जोडिएर नै रहें । त्यही भएर सुदूरपश्चिमको क्रिकेटमा उनी जीवन्त बाँचेका छन ।

बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.