• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

अर्जुन ट्रफीः बोष्टन झापाको जितले डडेल्धुरा र धनगढी सेमिफाईनलमा

  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित

कैलाली ।  अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा  बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात पारेपछि फेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुुगेका छन् ।

समुह ए मा रहेको बोष्टन क्रिकेट झापाले घोडाघोडी–११ माथि रोमाञ्चक सहित हासिल गरेपछि धनगढी र डडेल्धुरा अन्तिम चारमा पुगेका हुन् । समुह ए मा समान चार अंक रहेको फेण्ड्स युथ क्लब डडेल्धुरा दुई खेलमा दुई जित सहित रनरेटको आधारमा शिर्ष स्थानमा रहेको छ । डिसिए धनगढी तीन खेलमा दुई जित र एक हार सहित समुहको दोस्रो स्थानमा रहेको छ ।

तीन खेलमा दुई हार र एक जित सहित बोष्टन क्रिकेट झापा दुई अंक सहित तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ । समुह ए मा फेण्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ ले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा घोडाघोडी–११ ले जित हात पार्दा पनि शिर्ष दुई भित्र नपर्ने भएकोले डडेल्धुरा र धनगढी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको पाचौं दिनको दोस्रो खेलमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बोष्टन क्रिकेट झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ६१ रन बनायो ।

झापाका लागि रोशन शाहले विष्फोटक पारी खेल्दै १५ बलमा ४१ रन बनाए । उनले ५ छक्का र एक चौका प्रहार गरे । यस्तै झापाका लागि अभिषेक कार्कीले १८ बलमा अविजित ३७ रन, रोहन विकले पनि ३७ रन र पवन कार्कीले २० रन बनाए । घोडाघोडी–११ का लागि शेर मल्लले दुई विकेट लिए । नरवहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले एक एक विकेट लिए ।
एक सय ६२ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी–११ ले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ६० रन मात्रै बनाउन सक्यो । उसका लागि दिनेश रावतले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

उनले ४० बलको मदत्तमा ५ छक्का र चार चौका हिर्काएका थिए । यस्तै आयुव चन्दले २४ रन, दिपक टमाट्टाले १९ रन र कप्तान शेर मल्लले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । झापाका लागि अभिषेक कार्कीले ३ विकेट लिए ।

अरुण ऐरी र रमेश भट्टले एक एक विकेट लिए । खेलमा१५ बलमा ४१ रन बनाएका झापाका रोशन शाहनवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

न्यु होराईजन बुटवलमाथि सिईसी काठमाण्डौंको जित

यस्तै बुधबार विहान भएको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंले पहिलो जित दर्ता गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको पाचौं दिन भएको पहिलो खेलमा जित हात पार्दै सिईसी काठमाण्डौंले जित हासिल गरेको हो । सिईसी काठमाण्डौंले न्यु होराईजन बुटवलमाथि ६ विकेटको जित दर्ता गरेको हो ।

यसअघि मंगलबार भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनअन्तरले हराउँदै न्यु होराईजन बुटवलले पहिलो खेलमा जित हात पारेको थियो भने सिईसी काठमाण्डौं सिवाईसी अत्तरियासँग पराजित भएको थियो । समुह बी मा दुई खेलमा दुई जित हासिल गर्दै चार अंक सहित सिवाईसी अत्तरिया अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । बुटवल र काठमाण्डौले समान दुई खेलमा एकमा जित र एकमा हार व्यहोर्दै दुई दुई अंक जोडेका छन् । रनरेटमा बुटवल दोस्रो र काठमाण्डौं तेस्रो स्थानमा रहेको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमाबुधबारभएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १०० रन बनायो । बुटबलका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३७ रन बनाए ।

बुटवलका लागि दिलिप नाथले १८ रन, आरिफ खानले १४ र विप्रसन केसीले अविजित ११ रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा तीन जना खेलाडीले खाता समेत खोल्न सकेनन् । काठमाण्डौंका लागि राज शाह र सुर्य तामाङले समान तीन विकेट लिए । नन्दन यादवले दुई र दिपेन्द्र रावतले एक विकेट लिए ।
१०१ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौले १७.४ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य भेट्टायो । टीमलाई जिताउन शुभ कंसाकारले अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका उनले ५ छक्का र एक चौकाको मदत्तले अविजित ५७रन बनाए ।

काठमाण्डौलाई जिताउन शुभम तिवारीले २३ रन बनाए । बुटबलका लागि तुलवहादुर थापाले दुई विकेट लिए भने वीर मगर र निर्मल गुरुङले एक एक विकेट लिए । खेलमा अर्धतकीय पारी खेल्दै काठमाण्डौंलाई जिताएका शुभ कंसाकारनवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा घोडाघोडी–११ र फेण्ड्स युथ क्लब डडेल्धुरा खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

बुधबार, माघ २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.