• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

अर्जुन ट्रफीको सेमिफाईनल समिकरण पुरा अत्तरिया समुह विजेता बन्दा बुटबल पनि क्वालिफायर

  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

कैलाली ।क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाईनल पुरा भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेल सकिएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको सातौं दिन भएको समुह बी अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले न्यु होराईजन बुटवललाई ७८ रनले हराउँदै अत्तरिया समुह विजेता बनेसँगै अन्तिम चार पुग्ने टीमहरुको टुङगो लागेको हो । समुह बी मा लगातार तीन जित हासिल गर्दै सिवाईसी अत्तरिया समुह विजेता बनेको छ ।

अत्तरियालाई जिताउनका लागि कप्तान भीम सार्की र विवेक यादवको अर्धशतकीय पारी महत्वपुर्ण रह्यो । हारका बाबजुत पनि बुटवल पनि सेमिफाईनलका लागि क्वालिफायर भएको छ ।

समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौलाई रनरेटमा पछाडी पार्दै बुटवल अन्तिम चारमा पुगेको हो । सो समुहमा समान दुई अंक रहेका दशरथ चन्द एकेडेमी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं रनरेटमा पछाडी रहदैं प्रतियोगितबाट बाहिरिएका छन् ।
समुह ए बाट फेण्ड्स युथ क्लब समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो । तीन खेलमा दुईमा जित हात पारेका डडेल्धुरा र डिसिए धनगढीको समान चार अंक रहेपनि रनरेटमा माथि रहदैं डडेल्धुरा समुह विजेता बन्दा डिसिए धनगढी उपविजेता बनेर सेमिफाईनल पुगेको छ । समुह ए मा समान दुई अंक रहेका घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तेस्रो र चौथो स्थानमा रहदैं प्रतियोगितबाट बाहिरिएका छन् ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ८८ रन बनायो ।

अत्तरियालाई प्रतियोगिताको सर्वाधिक रन बनाउने क्रममा कप्तान भीम सार्की र विवेक यादवले अर्धतशकीय पारी खेले । भीमले ३९ बलमा ५८ रन बनाए । प्रतियोगितामा भीम दुई अर्धशतक बनाउने पहिलो खेलाडी पनि हुन् । विवेकले ३८ बलमा ५१ रन बनाए । उनीहरु बीचमा चौथो विकेटका लागि ७७ रनको साझेदारी पनि रह्यो ।

यस्तै भीमले तेस्रो विकेटका लागि शंकर रानासँग पनि ५१ रनको साझेदारी गरे । शंकरले २० बलमा ३१ रन बनाए । कप्तान सन्तोष कार्कीले २३ रन बनाए । बुटवलका लागि निर्मल गुरुङले दुई विकेट लिए ।

वीर मगर, विप्रोसन केसी र तुलवहादुर थापाले एक एक विकेट लिए । एक सय ८९ रनको लक्ष्य बोकेर मैदान उत्र्रिएको न्यु होराईजन बुटवलले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय १० रन मात्रै बनाउन सक्यो ।

बुटवलका लागि प्रतिक श्रेष्ठले सर्वाधिक १८ रन बनाए । टीमका लागि तुलवहादुर थापाले १७ रन, बीरवहादुर मगरले १५ रन र निश्चल ज्ञवालीले १२ रन बनाए । अत्तरियाको सानदार जितमा विवेक यादव, साहव आलम र रसिद खानले समान दुई विकेट लिए । कमल गुप्ता र दिपेश कँडेलले एक एक विकेट लिए ।

खेलमा ५१ रनको अर्धशतकीय पारी खेल्दै दुई विकेट लिएका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोलीदेखि सेमिफाईनलका खेलहरु हुनेछन् । भोली हुने पहिले सेमिफाईनलमा समुह एक को विजेता फेण्ड्स युथ क्लब डडेल्धुरा र समुह बी को उपविजेता न्यु होराईजन बुटवल बीच प्रतिस्पर्धा हुनेछ ।

पर्सि हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

  • क्वालिफायर
शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.